गुराँस लाइफको शाखा सुदुरपश्चिमको अत्तरियामा

Technology Khabar १८ जेष्ठ २०७३, मंगलवार

काठमाडौं ।

काठमाडौं, १८ जेठ । गुराँस लाइफ इन्स्योरेन्सले कैलालीको अत्तरियामा शाखा कार्यालय स्थापना गरेको छ ।  बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर के.सी.ले उक्त कार्यालयको उदघाटन गर्दै नेपालमा जीवन र निर्जीवन बीमा गराउने प्रचलन निकै कम रहेकोले बिमा कम्पनीहरुले बीमा सेवालाई देशभर विस्तार गर्नुपर्ने कुरामा जोड दिए ।

देशको कुल जनसंख्याको करिब ६/७ प्रतिशत मात्रै अहिले जीवन बीमा गरेको उल्लेख गर्दै अध्यक्ष के.सी. ले दावी भूक्तानी रकम बिना झंझट उपलब्ध गर्नुपर्ने र ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्नुपर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद दाहालले सुदुरपश्चिमको कैलाली, कञ्चनपुर, डोटि, डडेल्धुरामा गुराँस लाइफको शाखा रहेको जानकारी दिँदै सुदुरपश्चिमको सबै जिल्लामा कम्पनीको सेवा कुनै न कुनै रुपमा संचालनमा रहेको जानकारी दिए । जीवन बीमामा तल्लो वर्गको पनि पहुँच आवश्यक रहेकोले गुराँस लाइफ इन्स्योरेन्सले रु. १०,०००।– देखि १,५०,०००।– सम्मको बीमा योजना ल्याएको जानकारी गराए ।

प्रकाशित: १८ जेष्ठ २०७३, मंगलवार

तपाइको प्रतिक्रिया