एनसेलको दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक

Technology Khabar १३ जेष्ठ २०७३, बिहीबार

काठमाडौं ।

काठमाण्डौं, १३ जेठ । एनसेलले एक्जियटा ग्रुप नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने  आफ्ना ग्राहकहरुलाई ध्यानमा राखि आकर्षक दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक ल्याएको छ ।

बिहिबारबाटै लागु हुने यो योजना अन्र्तर्गत ग्राहकले बङ्लादेश, क्याम्बोडिया, मलेसिया र श्रीलंका भ्रमणको समयमा कर सहित रु १,५०० मा प्याक खरिद गरी दैनिक अनलिमिटेड डेटा सेवाको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।

यो योजना अन्र्तर्गत ग्राहकहरुले प्रत्येक दिन स्वत सुचारु हुने दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक वा प्रत्येक दिन आफैले किन्न पर्ने प्याक प्रगोग गर्न सक्छन् ।

“यो योजनाले ग्राहकहरुलाई विषेश महत्व राख्दछ र एक्जियटा गु्रप नेटवर्क भित्रका देशहरुको भ्रमणमा रहेका बेलामा तुलनात्मक रुपमा सुलभ शुल्कमा डेटा सेवा प्रगोग गर्न मद्दत गर्दछ ।” एनसेलका इन्टरप्राईज निर्देशक प्रणय राज आचार्यले भने ।

दैनिक प्याक सुचारु गरेपछि २४ घण्टा सम्म प्रयोगका लागि समय सिमा हुनेछ । समयावधि सकेपछि, ग्राहकले पुन प्याक खरिद गर्न सक्छन् वा हाल लाग्दै आएको रु १५ प्रति एमबि शुल्कमा डेटा सेवा प्रयोग गर्न सक्छन् । प्रत्येकदिन आफै सुचारु हुने दैनिक प्याकको हकमा जुन सुकै समयमा प्याक खरिद गरेता पनि प्रयोग गर्ने समयसिमा मध्य रातमा सकिने छ र स्वत नयाँ प्याक सुचारु हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्याक खरिद गर्ने तरिका

प्याक खरिद गर्नका लागि ग्राहकले पहिला *१७१२७३# डायल गरी प्राप्त जानकारी अनुसार रोमिङ् सेवा सुचारु गर्नु पर्दछ । त्यसपश्चात *१७१२९# डायल गरी दैनिक रुपमा आफै सुचारु हुने वा प्रत्येक दिन किन्न पर्ने दैनिक प्याक छान्न सकिन्छ । यी प्याकका माध्यमबाट दुवै प्रिपेड र पोष्टपेड सेवाका ग्राहकले भ्रमणको बेलामा रोबि एक्जियटा (बाङ्लादेश), स्मार्ट एक्जियटा (क्याम्बोडिया), सेलकम एक्जियटा (मलेसिया) र डायलग एक्जियटा (श्रीलंका) को नेटवर्कमा कनेक्ट भई डेटा सेवामार्फत सहजै सम्पर्कमा रहन सक्ने बताईएको छ ।

प्रकाशित: १३ जेष्ठ २०७३, बिहीबार

तपाइको प्रतिक्रिया