
काठमाडौं ।
काठमाण्डौं, ११ जेठ । भारतीय स्टार्टअप कम्पनी स्मार्ट्रोनले (Smartron) निकै सस्तो मूल्यको हाईब्रिड कम्प्यूटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा टी.बूक (t.book) नामक ल्यापटप कम ट्याबलेट सार्वजनिक गरेको छ । यो पोर्टेबल कम्प्यूटर बोक्न चाहनेका लागि थप अप्सन हो ।
माइक्रोसफ्टको विण्डोज १० अपरेटिंग सिस्टममा आधारित टी.बूकमा १२.२ इन्चको डब्लूक्यूएसजीएको आईपीएस स्क्रीन राखिएको छ, जसको रिजोल्यूशन २५६०x१६०० पिक्सेल छ । यसमा इन्टेलको कोर एम (Intel Core M) प्रोसेसर राखिएको छ भने मल्टीटास्किंगको लागि ४ जीबीको एलपीडिडिआरथ्री र्याम राखिएको छ । यो ल्यापटपमा १२८ जीबीको स्टोरेज राखिएको छ । टी.बूकमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा उपलब्ध छ ।
स्मार्ट्रोनको यो हाईब्रिड ल्यापटपमा फ्लिप स्ट्याण्ड राखिएको छ, जसको सहयोगमा यसलाई ट्याबलेटको रुपमा अड्याउन सकिन्छ । यसको बडि एल्यूमिनियम तथा म्यग्निशियमसहितको मेटलद्धारा बनाईएको छ । यो टी.बूक ल्यापटप कम ट्याबलेट बजारमा ग्रे तथा अरेन्ज टू ईन वान कलरमा उपलब्ध हुनेछ ।
यो ल्यापटपमा यूएसबी ३.० को तीनवटा स्लट दिईएको छ भने चार्जिंग प्वाइन्ट, माइक्रो एचडीएमआई पोर्ट, हेडफोन ज्याकका साथ यसमा माइक्रोएसडी कार्ड स्लट पनि उपलब्ध छ ।
स्मार्ट्रोनले भारतीय बजारमा यो ल्यापटपको मूल्य भारु ३९,९९९ तोकेको छ ।
स्मार्ट्रोन मेक इन इण्डियाअन्तरगत भारतमा स्थापना भएको स्टार्टअप कम्पनी हो ।
प्रकाशित: ११ जेष्ठ २०७३, मंगलवार