Technology Khabar १० जेष्ठ २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, १० जेठ । पोखरामा केन्द्रीय कार्यालय भएको गरिमा विकास बैंकले काठमाण्डौंको सामाखुसीमा २७ औं शाखा बिस्तार गरेको छ । उद्घाटन समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकमध्ये सबैभन्दा उत्कृष्ट बैंक बनाउन आफुहरु लागि परेको बताए ।
डेभलपमेन्ट बैंकर्श एशोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले ग्रामिण क्षेत्रबाट राजधानीमा शाखा खोलेर ग्रामिण क्षेत्रमा गरिमा विकास बैंकले उदाहरणिय रुपमा वित्तीय सेवा बिस्तारको काम गरेको बताए ।
राष्ट्रव्यापी रुपमा सञ्जाल बिस्तारको क्रममा यहि जेठ ११ गते नवलपरासीको बर्दघाटमा २८ औं शाखा बिस्तार गर्न लागेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको बैंकले ८ वर्षको अवधिमा आफुलाई राष्ट्रियस्तरको विकास बैंकमा स्थापित गराउन सफल भएको छ ।
२२ करोड ७३ लाख रुपैंया चुक्ता पूँजी भएको सुभेक्षा विकास बैंकसँग मर्जर सम्झौता गरेको गरिमा विकास बैंकको हाल ८५ करोड ३२ लाख रुपैंया चुक्ता पूँजी रहेको छ । मर्जर पुरा भए पछि बैंकको चुक्ता पूँजी १ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । २०७४ असार मसान्तसम्ममा बैंकले २ अर्ब ५० करोड रुपैंया चुक्ता पूँजी पुर्याउनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुरुप पूँजी बिस्तार गर्दै लगिने जनाएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तको अवधिमा बैंकले ७ अर्ब ८४ करोड ४९ लाख ५३ हजार रुपैंया निक्षेप संकलन, ७ अर्ब १६ करोड ८२ लाख ७८ हजार रुपैंया कर्जा प्रवाह गरेको छ भने उक्त अवधिमा बैंकले १४ करोड ६६ लाख ४७ हजार रुपैंया खुद नाफा आर्जन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १० जेष्ठ २०७३, सोमबार