Technology Khabar १० जेष्ठ २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, १० जेठ । सफोला गोल्ड ब्राण्डको खाने तेल नेपाली बजारमा भित्रिएको छ । तपाईँको परिवारको मुटुभन्ने नारासहित मारिकोद्धारा नेपाली बजारमा सफोला ब्राण्डका खाना पकाउने तेलका बिभिन्न उत्पादनहरु आएका हुन् ।
सफोला तेलको पोर्टफोलियोमा सफोला गोल्ड, सफोला एक्टिभ, सफोला टोटल र सफोला टेष्टि रहेका छन् । यो ब्राण्डको तेल गुणस्तरीय रहेको कम्पनीको दाबी छ ।
यो ब्राण्डको तेलमा मल्टिसिड प्रविधि प्रयोग गरिएको, लोसर्व प्रविधिको प्रयोग, ५ वटा एन्टि अक्सिडेन्टको शक्ति रहेको लगायतका विशेषता रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १० जेष्ठ २०७३, सोमबार