एनसेलको ‘लास्टै ठूलो अफर’ योजना सार्वजनिक

  • Technology Khabar | १० जेष्ठ २०७३, सोमबार
एनसेलको ‘लास्टै ठूलो अफर’ योजना सार्वजनिक

काठमाडौं ।

काठमाण्डौं, १० जेठ । मोबाइल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकलाई रिचार्जमा आकर्षक बोनस पाइने ‘एनसेल, लास्टै ठूलो अफर’ योजना ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले रु २०० भन्दा माथिको रिचार्ज गर्दा प्रत्येक रिचार्जको रकम अनुसार रु १०० देखि रु १,००० सम्मको बोनस पाउन सक्ने कम्पनीले जनाएको छ ।

यो योजना एनसेलका प्रिपेड ग्राहकका लागि मात्र मान्य हुनेछ र आजैदेखि लागु भई भदौ ४ गतेसम्म संचालनमा रहने छ । बोनस प्राप्त गर्नका लागि ग्राहकले कम्तिमा रु २०० वा सो भन्दा बढी मुल्यको ब्यालेन्स रिचार्ज गर्नुपर्ने हुन्छ ।

योजना अन्तर्गत ग्राहकले रु २०० को रिचार्ज गर्दा ५ दिनको लागि मान्य हुने रु १०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । रु ३०० रिचार्ज गर्दा ७ दिन समय  सिमा भएको रु २०० बोनस पाउनेछन् । त्यसैगरी, रु ५०० र रु १,००० को रिचार्ज गर्ने ग्राहकले क्रमशः रु ४०० र रु १,००० बोनस प्राप्त गर्नेछन् । रु ५०० रिचार्ज गरे बापत पाइने बोनस उपयोग गर्नका लागि १० दिनको समयसिमा हुनेछ भने रु १,००० रिचार्ज बापतको रु १,००० नै बोनस उपयोगका लागि भने १४ दिनको समयसिमा हुने कम्पनीले जानकारी दिएको छ ।

“ग्राहकलाई सेवा प्रयोगको राम्रो अनुभव दिएर खुसी राख्नु सदा हाम्रो मुल उदेश्य रहि आएको छ ।” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “रिर्चाजमा पाईने यो बोनस योजनाले हाम्रा ग्राहकलाई अझ सस्तोमा सेवाको प्रगोग गर्नका लागि एउटा राम्रो अवसर हुनेछ ।”

यो योजना अन्र्तगत प्राप्त बोनसबाट ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्नेछन् । रिचार्ज कार्ड, भरचुअल फन्ड ट्रान्सफर (भिएफटी) र इ–टप अप मार्फत गरिएका ब्यालेन्स रिचार्जमा यो योजना लागु हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १० जेष्ठ २०७३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार