Technology Khabar ७ जेष्ठ २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ७ जेठ । जियोनीले म्याराथन एम फाइभ प्लस (Marathon M5 Plus) स्मार्टफोन भारतीय बजारमा सार्वजनिक गरेको छ । जियोनीले गृह देश चीनमा सार्वजनिक गरेको करिब ५ महिनापछि र छिमेकी मुलुक नेपालमा सार्वजनिक गरेको करिब १ महिनापछि यो स्मार्टफोन भारतीय बजारमा ल्याएको हो ।
भारतीय बजारमा यो स्मार्टफोन रिटेल आउटलेटहरुमार्फत बिक्री गरिनेछ भने अनलाईनमा फ्लिपकार्टमार्फत बिक्री गरिनेछ । जियोनीको यो फोनको मूल्य अनलाईनमा २६,९९९/- भारुमा बिक्री गरिनेछ । भारतीय बजारमा स्याम्पियन गोल्ड र पोलार गोल्ड कलर अप्सन उपलब्ध छ ।
जियोनीका भारतीय सिईओ तथा एमडि अरविन्द बोहराले एम ५ पलस भारतमा ल्याउन पाउँदा अत्यन्त उत्साहित भएका छौं । यो डिभाइस शक्ति र सुन्दरताको समिश्रण हो ।
जियोनी एम ५ प्लस स्मार्टफोनमा ६ इन्चको फूल एचडी डिस्प्ले राखिएको छ । यसमा अक्टा-कोर १.३ गीगाहर्जको मिडिया टेक एमटी ६७५३ चीपसेट प्रयोग गरिएको छ भने ३ जीबी र्याम तथा ६४ जीबीको स्टोरेज रहेको छ । फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । एन्ड्रोयड ५.१ ललीपप भर्सनमा आधारित यो स्मार्टफोनमा ५,०२० एमएएचको ब्याट्री रहेको छ ।
प्रकाशित: ७ जेष्ठ २०७३, शुक्रबार