आइएमएस मोटर्स् अब साङयोङ मोटर्सको आधिकारिक वितरकमा नियुक्त

Technology Khabar ३० बैशाख २०७३, बिहीबार

काठमाडौं ।

काठमाडौं, ३० वैशाख । आइएमएस ग्रुप अब कोरियाको अटोमोबाइल कम्पनी साङयोङ मोटर्सको नेपालका लागि आधिकारिक बितरक बनेको छ । उत्तरढोकास्थित साङयोङ शोरुममा आयोजित एक कार्यक्रममा आइएमएस ग्रुप अन्तरगतको आइएमएस मोटर्सको औपचारिक घोषणा गरियो ।

नेपालमा आइएमएस मोटर्सले साङयोङका टिभोली, कोराण्डो, रेक्टन, क्रेयोन तथा एक्टियोन नाममा लक्जरी कार तथा एसयूभीका मोडलहरु बिक्री गर्दै आएको छ ।

सामसुंग मोबाइलको नेपालका लागि आधिकारिक बितरक मध्येको एक आईएमएस ग्रुप पहिलो पटक अटोमोबाइल क्षेत्रमा आएको हो । ग्रुपका चेयरम्यान दिपक मलहोत्राले आगामी दिनमा साङयोङका थप मोडलहरु नेपालमा भित्र्याउने जानकारी दिए । कम्पनीले टिभोलीको नयाँ मोडल केहि दिनमा नै नेपाल भित्र्याउने जानकारी दिएको छ ।

हाल नेपाली बजारमा साङयोङ ब्राण्डका गाडिहरु न्यूनटम ५३ लाख रुपैंयादेखि १ करोड रुपैंयासम्मका उपलब्ध रहेका छन् । साङयोङका विभिन्न स्थान दुई आधिकारिक सर्भिस सेन्टरहरु रहेको कम्पनीले जानकारी दिएको छ ।

यसैबिच आइएमएस मोटर्सले साङयोङको गाडी खरिद गर्ने पहिलो १४ “विशेष” ग्राहकहरुका लागि स्त्रक्रयाच् कुपन मार्फत विशेष उपहारको पनि योजना राखेको छ । उक्त उपहारहरुमा बजार पल्सर एनएस २००, सामसुंग ग्यालेक्सी एस सेभेन एन तथा सामसुंग टिभी ४० इन्च तथा वासिङ्ग मेशिन रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३० बैशाख २०७३, बिहीबार

तपाइको प्रतिक्रिया