सामसुंग ग्यालेक्सी जे टूको नयाँ संस्करण आउँदै, २ जीबी र्याम हुनसक्ने

  • Technology Khabar | २२ बैशाख २०७३, बुधबार
सामसुंग ग्यालेक्सी जे टूको नयाँ संस्करण आउँदै, २ जीबी र्याम हुनसक्ने

काठमाडौं ।

काठमाडौं, २२ वैशाख । सामसुंगले गत वर्ष सार्वजनिक गरेको ग्यालेक्सी जे २ स्मार्टफोनको नयाँ संस्करण ल्याउने तयारी गरेको छ । ग्यालेक्सी जे टूको नयाँ आउन लागेको मोडलको जानकारी गीकबेन्चमा देखिएको छ ।

सामसुंगको ग्यालेक्सी जे टू स्मार्टफोन सन् २०१६ माेडल (Galaxy J2 [2016]) यसका साथै अन तू तू तथा अर्को एन्ड्रोयड बेन्चमार्कमा पनि देखिएको छ । विभिन्न बेन्चमार्कमा देखिनुको अर्थ यो स्मार्टफोन आईसकेको छ ।

बेन्चमार्कमा देखिएको जानकारीअनुसार यो स्मार्टफोनमा ५ इन्चको ७२०x१०८० पिक्सेल रिजोल्यूशन भएको डिस्प्ले राखिनेछ । त्यसैगरी यसमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहनेछ ।

यो फोनको सार्बजनिक भएको डाटाबेस अनुसार यो फोनमा २ जीबीको र्याम राखिने छ । यो फोनको अर्को डाटाबेसमा भने १.५ जीबीको र्याम मात्र देखिएको छ । यसको अर्थ हो सामसुंगले यो फोनमा विभिन्न तहको जे टू स्मार्टफोनको परिक्षण गरिरहेको छ । कम्पनीले यो स्मार्टफोन आगामी दिन राम्रो कार्यक्षमता देखाएको २ जीबी र्याम सहित ल्याउने अनुमान गर्न सकिन्छ । फोनमा इनबिल्ट स्टोरेज भने १६ जीबीको रहेको छ ।

त्यसैगरी ग्यालेक्सी जे टू स्मार्टफोनको हार्डवेयरको पनि विभिन्न तहको देखिएको छ । दुई फरक बेन्चमार्कमा अलग अलग चीपसेटमा परिक्षण गरिएको देखिएको छ । एउटा चीपसेट स्प्रेडट्रमको एससी९८३० हो, जसले फोरजीका साथै १.५ गीगाहर्जको क्वाड कोर कोर्टेक्स ए सेभेन सीपीयू सपोर्ट गर्दछ । अर्को बेन्चमार्क अन तू तूमा भने जे टू को नयाँ संस्करणमा स्प्रेडट्रम एससी८८३० राखिएको छ, जसले थ्रीजी नेटवर्क मात्र सपोर्ट गर्दछ भने १.२ गीगाहर्जको स्पीड क्षमता मात्र राख्दछ ।

सामसुंगको ग्यालेक्सी जे टूको सन् २०१५ मोडल आगामी दिनमा एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सनमा अपडेट हुनेछ, जुन केहि सातामा नै हामीले देख्नेछौं ।

माध्यम

प्रकाशित: २२ बैशाख २०७३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...