Technology Khabar ५ बैशाख २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, ५ वैशाख । सिजी इलेक्ट्रोनिक्सले गोंगबु र ठिमीमा एलजीको नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले गोंगबुमा गोंगबु एलजी हाउस तथा ठिमीमा टिभी पोइन्ट नामक शोरुम संचालनमा ल्याएको हो ।
एलजी ब्राण्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभावकारी बनाउदै जाने कम्पनीको मुख्य उद्देश्यका सहित शोरुम संचालन गरेको कम्पनीले जनाएको छ ।
त्यसैगरी ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । एलजीका कुनैपनि सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् र शोरुम उद्घाटनको दिनदेखि दैनिकरुपमा १५ दिनसम्म लक्की ड्र मा भाग लिन सक्नेछन् । यस कम्पनीले भविष्यमा देशको अन्य भागहरुमा पनि आफ्नो शोरुमहरु बिस्तार गर्दै जाने बताएको छ ।
प्रकाशित: ५ बैशाख २०७३, आईतवार