Technology Khabar ३० चैत्र २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, ३० चैत । केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले नयाँ वर्ष २०७३ को शुभ अवसरमा “सुबिसु नयाँ वर्षको बहार” नामक ग्राहक योजना प्रस्तुत गरेको छ । योजनामा ग्राहकवर्गलाई क्लियर टिभी सेट टप बक्स, केबल मोडेमका साथमा इन्बिल्ट वायरलेस राउटर, फाइबर मोडेम र टिभी रिसिभर सित्तैमा प्रदान गरिने कम्पनीले जनाएको छ ।
यस नयाँ वर्ष योजना अन्तर्गत कम्पनीले रिटेल सेवाहरु जस्तै इन्टरनेट, क्लियर टिभी तथा दुबै सेवाहरु इन्टरनेट र क्लियर टिभीको जडानमा आकर्षक प्याकेजहरु को निर्माण गरेको छ ।
इन्टरनेट, क्लियर टिभी तथा दुबै इन्टरनेट र क्लियर टिभीका प्याकेजहरु रु.३९९९ देखि रु.१०९९९ सम्म उपलब्ध छन् । साथै कम्पनीले आफ्ना अहिलेका इन्टरनेट तथा केबल टिभीका ग्राहकहरुका लागि पनि लोयल्टी अफर प्रस्तुत गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ३० चैत्र २०७२, मंगलवार