पर्यटन सचिवद्वारा एभरेष्ट बैंकको २०७३ सालको क्यालेण्डर विमोचन

Technology Khabar ३० चैत्र २०७२, मंगलवार

पर्यटन सचिवद्वारा एभरेष्ट बैंकको २०७३ सालको क्यालेण्डर विमोचन
????????????????????????????????????

काठमाडौं ।

काठमाडौं, ३० चैत । पर्यटन मन्त्रालयका सचिव प्रेम कुमार राईले एभरेष्ट बैंकद्वारा प्रकाशित नेपालको पर्यटकिय गतिबिधीसहितको २०७३ सालको क्यालेण्डरको बिमोचन गरेका छन् ।

एभरेष्ट बैंकले निरन्तर रुपमा बिभिन्न सांकृतिक तथा पर्यटकिय महत्व झल्कने खालका बिषयबस्तु समेटेर आफ्नो क्यालेण्डर बनाउदै आएकोमा यस पटक नेपालको बिभिन्न वन्यजन्तु तथा चराचुरुङ्गी लाई आफ्नो बिषयबस्तु बनाएको छ ।

कार्यक्रममा सचिव राईले बैंकले देशको संस्कृति र पर्यटन जगेर्ना तर्फ देखाएको चासोको प्रशंसा गर्दै यस्तो प्रयासलाई अरुले पनि उदाहरणको रुपमा लिनु पर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृतले आफ्नो देशको संस्कृति र पर्यटनको सम्बद्र्धन गर्नु हरेक संस्थाको कर्तब्य रहेको बताए ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टरहरु र ८४ एटिएम तथा बृहत बाह्य संजाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित: ३० चैत्र २०७२, मंगलवार

तपाइको प्रतिक्रिया