Technology Khabar ३० चैत्र २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, ३० चैत । प्रिमियम ह्याचब्याक, सुजुकि बोलेनो नेपाली बजारमा लन्च गरिएको छ । सुजुकि बोलेनोलाई कम्पनीको प्रिमियम च्यानल सिजी एनएक्सटी जेनमार्फत उपलब्ध गराइने छ ।
प्रिमियम शक्तिवद्र्धक गतिशिल सुजुकि बलेनो कार अनेकौं विशेषताहरुले सुसज्जित रहेको छ जस मध्ये अधिकतम विशेषता भएको प्रिमियम ह्याचब्याक नेपाली बजारमा पहिलो चोटी उपलब्ध गराईएको हो ।
VVT Petrol 1.2 liter तथा 21.4 Km/litre को इन्धन क्षमताका साथ आउने उक्त कारले 84.3 Ps को Peak Power दिने कम्पनीको भनाई छ ।
सिजि मोटोकर्पका प्रवन्ध निर्देशक करन कुमार चौधरीले भने “इन्डियामा यसको व्यापक सफलता पछि नेपालमा बलेनो लन्च गर्न पाउँदा हामी धेरै खुसी छौं । यसमा परिष्कृत डिजाइन र उन्नत प्रविधि रहेको छ । यसको आफ्नो वर्गमा उच्चतम इन्धन क्षमता रहेको छ ।”
शुरुवाति मूल्य रु. २६,९९,००० का साथ देशभरिका रहेका सुजुकीका आउटलेटमा बोलेनोको बुकिङ्ग खुल्ला गरिएको छ । ग्राहकले सुजुकी बोलेनो फाइनान्सको लागि विशेष व्याजदारको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: ३० चैत्र २०७२, मंगलवार