भाइबरमा नयाँ वर्षको उपलक्ष्यमा निःशुल्क स्टीकर सुविधा, ५० भन्दा बढि स्टीकर ‘फ्री’

Technology Khabar २९ चैत्र २०७२, सोमबार

काठमाडौं ।

काठमाडौं, २९ चैत । म्यासेजि‌ंग तथा फोन कलका लागी परिचित एप भाइबरले (Viber) नयाँ वर्ष २०७३ को अवसरमा नेपाली प्रयोगकर्ताहरुलाई निःशुल्क स्टिकर दिने भएको छ ।

भाइबरले आफ्ना ग्राहकका लागि १० हजार रुपैयाँ बराबरको ५० वटाभन्दा बढी स्टिकर प्याकहरु १० दिनको लागि निःशुल्क उपलब्ध गराएको छ । यो योजना अप्रिल ७ तारिखदेखि लागू गरिसकिएको कम्पनीले जनाएको छ ।

भाइबरको अभिन्न अंग यी स्टिकरको माध्यमबाट प्रयोगकर्ताले आफूलाई राम्रोसँग व्यक्त गर्न पाऊन् भन्ने उद्देश्यले कम्पनीले यो सुविधा दिएको हो ।

स्टिकरहरुले कुराकानीलाई रोचक मात्र बनाउने नभइ आकर्षक तरिकामा भावहरु व्यक्त गर्न पनि सहज बनाउने हुनाले यो अफरले प्रयोगकर्ता खुसी हुने कम्पनीको विश्वास रहेको छ ।

नेपाली बजारमा भाइबरको बजारलाई अझ विस्तार गर्न भाइबरले गत महिनाबाट पब्लिक च्याट पनि सुरु गरेको छ ।

‘हाम्रो सम्पूर्ण भाइबर टिम सारा नेपालीलाई नयाँ वर्ष २०७३ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छ । यस अवसलाई अझै उत्सवमय बनाउन स्टिकरहरु निःशुल्क उपलब्ध गराउँदै छौँ,’ भाइबर दक्षिण एसियाका क्षेत्रीय प्रमुख अनुभव नाय्यरले भने ।

कम्पनीका अनुसार विश्वव्यापीरुपमा गत वर्ष मात्रै २२ बिलियनभन्दा बढी स्टिकर भाइबरबाट पठाइएका थिए । स्टिकरले च्याट एप प्रयोगकर्ताहरुलाई आफ्ना प्रियजन, प्रेमीरप्रेमीका, साथीभाइ र परिवारसँग नयाँ तरिकाबाट कनेक्ट गर्न सहज बनाएको छ ।

प्रकाशित: २९ चैत्र २०७२, सोमबार

तपाइको प्रतिक्रिया