हुवावेको वाइ सिक्स प्रो नेपाली बजारमा, २ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता

Technology Khabar २९ चैत्र २०७२, सोमबार

काठमाडौं ।

काठमाडौं, २९ चैत । हुवावे कन्जुमर बिजनेस ग्रुपले नयाँ स्मार्टफोन वाइ सिक्स प्रो (Y6 Pro) नेपाली बजारमा लन्च गरेको छ। यो स्मार्टफोन आइतबारदेखि नेपाली बजारमा खरिदका लागि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

आकर्षक डिजाइन, उच्चस्तरीय संचालन, दीर्घकालीन ब्याट्रीका कारणले यो स्मार्टफोन प्रयोगकर्ताहरु माझ उत्कृष्ट छनौटमा कम्पनीको विश्वास छ। यो फोनमा ४००० एमएएचको शक्तिशाली ब्याट्रीका साथ फ्ल्यास् चार्ज र रिभर्स चार्जका पनि उपलब्ध छ ।

कम्पनीका अनुसार यसमा भएको सुपर शक्तिशाली ब्याट्री धेरै टिक्ने मात्र नभई अत्यन्तै छिटो चार्ज पनि हुन्छ। केबल १० मिनेट चार्ज गरेपछि यसले ३ घण्टाको टक टाइम प्रदान गर्ने दावी गरिएको छ। कम्पनीले दावी गरे अनुसार यसमा भएको ब्याट्रीले ४१६ घण्टासम्मको स्ट्याण्ड बाई टाइम दिन्छ ।

यो स्मार्टफोन ‘वाटर वेभ कर्भ डिजाइन’ युक्त छ । यफ फोनमा ५ इन्चको एचडी आइपिएस स्क्रीन रहेको छ भने ८.५ एमएम मोटाइको रहोको छ ।

हुवावे वाइ सिक्स प्रोमा १३ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहोको छ। रियर क्यामरामा सात–पिस लेन्समा भएको एफ २।० एपेक्चरले हरेक चोटी उत्कृष्ट डेफिनेशन शट प्रदान गर्दछ। फ्रन्ट फेसिङ्ग क्यामरामा एफ २।२ एपेचर, वाइड् एङ्गल रेञ्ज र हाई डेन्सिटी सेन्सर रहेको छ ।

यो फोन ६४ विटको क्वार्डकोर प्रोसेसर रहेको फोनमा २ जीबीको र्याम र १६ जीबीको स्टोरेज रहेको छ ।

यो फोनको बजार मूल्य २२ हजार ४ सय ९९ रुपैया तोकिएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित: २९ चैत्र २०७२, सोमबार

तपाइको प्रतिक्रिया