विश्वको सबैभन्दा पातलो ल्यापटप सार्वजनिक, ‘एचपी स्पेक्ट्रे १३’ को मोटाई केबल १०.४ मिलिमिटर

Technology Khabar २६ चैत्र २०७२, शुक्रबार

काठमाडौं ।

काठमाडौं, २६ चैत । एचपीले विश्वको सबैभन्दा पातलो ल्यापटप स्पेक्ट्रे १३ सार्वजनिक गरेको छ । यो ल्यापटप केबल १०.४ मिलिमिटर मोटाईको मात्र रहेको छ ।

अमेरिकी टेक कम्पनी एचपीले ल्याएको स्पेक्ट्रे १३ ल्यापटपको स्क्रीन १३.३ इन्चको रहेको छ, जसलाई कोर्निंग गोरिल्ला ग्लासले सुरक्षित पारिएको छ । यो ल्यापटपको डिजाइन प्रोडक्ट डिजाइनर टोर्ड बुन्ट्जे र ज्वेलरी डिजाइनर जेस हान्नाले गरेका हुन् ।

एचपीको नयाँ ल्यापटप विण्डोज १० अपरेटिंग सिस्टममा आधारित रहेको छ भने यसको बेसिक भेरिएन्टमा फूल एचडी डिस्प्लेका साथमा ८ जीबी र्याम तथा २६५ जीबीको स्टोरेज रहेको छ ।HP-Spectre-13.3_Hinge-detail

रिपोर्टहरुकाअनुसार कम्पनीले यो ल्यापटपमा एउटा हीट पाइप जडान गरेको छ, जसले प्रोसेसरको हीटलाई बाहिर निकाल्दछ । यसका साथै यो ल्यापटपमा दुईवटा शक्तिशाली फ्यान राखिएको छ ।

यो ल्यापटपमा एल्यूमिनियमको अधिक प्रयोग गरिएको छ । यसको बट कार्बन फाइबरद्धारा बनाईएको छ, जसले गर्दा यो ल्यापटप निकै हलुका रहेको छ । फोल्ड गर्नका लागि यसमा पिस्टर हिन्ज लगाईएको छ । एचपीको नयाँ ल्यापटपमा १० घण्टाको ब्याट्री ब्याकअप रहेको छ ।HP-Spectre-13.3_aerial-view

एचपीको स्पेक्ट्रे १३ को बेसिक मोडलको मूल्य १,१६९ अमेरिकी डलर तोकिएको छ । यो ल्यापटपको बुकिंग अप्रिल २५ तारिखदेखि मात्र शुरु हुनेछ ।

प्रकाशित: २६ चैत्र २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया