Technology Khabar २५ चैत्र २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, २५ चैत । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडको नयाँ शोरुम पानीपोखरीमा संचालनमा आएको छ । नयाँ शोरुमको उद्घाटन नेपाल उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका तथा महिन्द्रा एण्ड महिन्द्रा लि. का भाइस–प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेशनल अपरेशन्स् सन्जय जादवले गरेका थिए ।
साथै कम्पनीले आफ्नो निकै प्रत्येक्षित इन्ट्री–लेभल एसयूभी केयूभी १०० “द यंग एसयूभी” को विक्रीवितरण यसै शोरुम मार्फत हुने जनाएको छ । यस शोरुमको संचालनसँगै अब महिन्द्राका ग्राहकहरुलाई थप सेवा तथा सुविधा प्रदान हुनेमा कम्पनी विश्वस्त छ ।
अग्नि ग्रुुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले शोरुमले शहरको मूख्य क्षेत्रबाट ग्राहकहरुलाई विश्वस्तरीय ब्राण्ड एक्सपिरियेन्स् अनि उत्कृष्ट सेवा प्रस्तुत गर्ने बताए ।
प्रकाशित: २५ चैत्र २०७२, बिहीबार