ह्वाट्सएपका सबै म्यासेजहरु अब पूर्ण गोप्य, सबै प्रयोगकर्तामा ‘इन्ड-टू-इन्ड’ इन्क्रिप्सन लागू

  • Technology Khabar | २४ चैत्र २०७२, बुधबार
ह्वाट्सएपका सबै म्यासेजहरु अब पूर्ण गोप्य, सबै प्रयोगकर्तामा ‘इन्ड-टू-इन्ड’ इन्क्रिप्सन लागू

काठमाडौं ।

काठमाडौं, २४ चैत । विश्वको लोकप्रिय म्यासेजिंग एप ह्वाट्सएप (WhatsApp) का संदेशहरु अब कसैले ह्याक गर्न नसक्ने भएको छ । ह्वाट्सएपले सेक्यूरिटि प्रोजेक्टअन्तरगत पूर्णरुपमा इन्ड टू इन्ड इन्क्रीप्सन (end-to-end encryption) लागू गरेको छ ।

ह्वाट्सएपले करिब डेढ वर्षलगायतका तयार पारेको सेक्यूरिटि प्रोजक्टअन्तरतगको पूर्णरुपको इन्क्रीप्सन आफ्ना सबै सेवा प्रयोगकर्तालाई उपलब्ध हुने जानकारी दिएको छ ।

यसको अर्थ अब ह्वाट्सएपको सबैभन्दा पछिल्लो संस्करण प्रयोग गर्ने यूजर्सका गतिबिधिहरु पूर्णरुपमा सुरक्षित र गोप्य रहनेछन् । फेसबुकले अधिग्रहण गरेको ह्वाट्सएपले १ बिलियन भन्दा बढि सक्रिय प्रयोगकर्ता रहेको यसअघि नै घोषणा गरिसकेको छ ।

कम्पनीले लागू गरेको यो इन्क्रीप्सन सुरक्षा प्रणालीले म्यासेजमा भएका विषयबस्तुहरुलाई गोप्य राख्दछ । यस्तो म्यासेज सरकारी निकाय, सुरक्षा निकाय वा ह्याकरहरुबाट सुरक्षित रहेका हुन्छन् । यस्ता म्यासेजहरु अब पठाउने र प्राप्त गर्ने व्यक्तिसम्म मात्र जानकारी रहेको हुन्छ ।screen-shot-2016-04-05-at-6-05-08-pm

इन्ड टू इन्ड इन्क्रीप्सनको अर्थ संचार वा म्यासेज आदान प्रदान गर्ने व्यक्तिहरुबिचको सामाग्रीहरु कुनैपनि प्लेनटेक्स वा सादा बिवरणको रुपमा ह्वाट्सएपको सर्भरमा स्टोर हुँदैन् । यस्ता सामाग्री वा म्यासेजहरु निश्चित कोडको रुपमा रहने हुँदा कम्पनीले डिस्क्रीप्ट गर्न अर्थात त्यसको बारेमा थाहा पाउन सक्दैन् । यसको लागि निश्चित इन्क्रीप्सन की (encryption key) हरुको आवश्यक पर्दछ ।

यदि सरकारी अधिकारिहरु, सुरक्षा एजेन्सीहरु लगायतले ह्वाट्सएप प्रयोगकर्ताहरुको बिवरण माग गरेपनि त्यस्ता बिवरणहरु निश्चित कोडमा राखिनेहुँदा गोप्य र सुरक्षित हुनेछन् ।

ह्वाट्सएपले सुरक्षा प्रणालीलाई मजबुत पार्न र इन्क्रीप्सन लागू गर्न सन् २०१३ देखि काम गर्दै आईरहेको थियो । सोहि वर्ष कम्पनीले ओपन विस्पर सिस्टम (Open Whisper System)सँग सहकार्य गर्दै इन्ड टू इन्ड इन्क्रीप्सन सिग्न प्रोटोकल पालना गर्दै आएको थियो ।

यो इन्क्रीप्सनअन्तर्गत च्याट, ग्रुप च्याट, एट्याचमेन्टहरु, भ्वाइस नोट्स, तथा एन्ड्रोयड, आईफोन, विण्डोन फोन, नोकिया एस४०, नोकिया ए६०, ब्ल्याकबेरी तथा बिबि१० द्धारा हुने भ्वाइस कल पनि समावेश रहेको ह्वाट्सएपको ब्लगमा लेखिएको छ ।

पछिल्लो भर्सनको ह्वाट्सएप प्रयोग गरिरहेका प्रयोगकर्ताले जुनसुकै प्लेटफर्मबाट पनि अब पूर्णरुपमा इन्ड टू इन्ड इन्क्रिप्सन उनिहरुले पठाउने हरेक म्यासेज, हरेक ह्वाट्सएप कलमा प्राप्त गर्नेछन्, ब्लगमा उल्लेख छ ।

ह्वाट्सएपका प्रयोगकर्ताले आफुले को सँग च्याट गरिरहेको छु र त्यो सहि मान्छे हो वा होइन भन्ने पनि थाहा पाउन सक्नेछन् । यसको लागि क्यूआर कोड स्क्यान गरेर वा निश्चित नम्बर ठूलो स्वरमा पढेर इन्क्रिप्सन सेसन प्रमाणित गर्न सक्नेछन् ।

स्रोत   माध्यम

प्रकाशित: २४ चैत्र २०७२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...