आईएमई–क्योदाईको ३ महिने सेवाग्राही योजना

Technology Khabar २३ चैत्र २०७२, मंगलवार

काठमाडौं ।

काठमाडौं, २३ चैत । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा सेवाग्राहीहरुका लागि ३ महिने योजना ल्याएको छ ।

यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्ने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड’ मा सहभागी भई हरेक हप्ता जापान–नेपालका लागि राउन्ड ट्रिप टिकेट जित्न सक्नेछन् ।

उक्त टिकेट विजेता घोषणा गरिएको मितिबाट एक वर्ष सम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ । विजेताहरुको छनौट साप्ताहिक रुपमा सफ्टवेरबाट सन्चालित लक्की ‘ड्र’ बाट गरिनेछ । यहि अप्रिल १ तारीखदेखी ३० जुन २०१६ सम्मका लागि लागु हुने यस योजना अवधीभर १२ वटा लक्की ‘ड्र’ गरिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २३ चैत्र २०७२, मंगलवार

तपाइको प्रतिक्रिया