सामसुंगको ग्यालेक्सी जे थ्री (२०१६) सिरिज सार्वजनिक, बाईक चालकका लागि विशेष फीचर

  • Technology Khabar | १९ चैत्र २०७२, शुक्रबार
सामसुंगको ग्यालेक्सी जे थ्री (२०१६) सिरिज सार्वजनिक, बाईक चालकका लागि विशेष फीचर

काठमाडौं ।

काठमाडौं, १९ चैत । सामसुंगले ग्यालेक्सी सिरिजमा नयाँ स्मार्टफोन ग्यालेक्सी जे थ्री (Galaxy J3) को नयाँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीले मिड रेन्ज फोनको रुपमा ल्याएको यो फोनमा नयाँ फीचर ‘एस बाइक मोड’ (Samsung S Bike) पनि लन्च गरिएको छ ।

सामसुंग ग्यालेक्सी जे थ्री (२०१६) मा भएको यो मोडको प्रयोगबाट तपाईँले बाईक चलाईरहेको समयमा नोटिफिकेशनबाट समस्या हुनेछैन् । यो फीचरले बाईक चलाउन रोकिने बित्तिकै स्वचालितरुपमा तपाईँलाई कल गर्नका लागि अटोमेटिक म्यासेज पठाउने छ । Galaxy J3(2016)

एस बाईक फीचर मूख्य गरि ‘डू नट डिस्टर्ब’ फीचर हो, जसले बाईक चलाईरहेको बेला अनावश्यक अल्मल्याउने गतिबिधिलाई रोक्दछ । यसले म्यासेज पठाएर फोनधनी बाईक चलाईरहेको र अहिले फोन रिसिभ गर्न नसक्ने जानकारी पठाउँछ । यदि अर्जेन्ट कल आएको बेलामा भने १ अंक थिचेर फोन गर्न सकिन्छ ।

ग्यालेक्सी जे थ्री स्मार्टफोनमा ५ इन्चको एचडी सूपर एमोलेड डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १२८०x७२० पिक्सेल रहेको छ । यो फोनमा १.५ गीगाहर्जको क्वाड-कोर प्रोसेसर छ भने १.५ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई बढाउन सकिन्छ ।j3black-1

सामसुंगको नयाँ फोनमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा २,६०० एमएएचको ब्याट्री प्याक रहेको छ ।

दुई सिम सपोर्ट गर्ने यो फोनमा कनेक्टिभिटीका लागि फोरजी एलटीई, ब्लूटूथ तथा वाईफाई छ ।

भारतीय बजारमा मात्र हाल सार्वजनिक भएको यो स्मार्टफोनको मूल्य भारु ८,९०० अर्थात १४ हजार २ सय ४० रुपैंयाको हाराहारीमा तोकिएको छ ।

यो फोन स्न्यापडीलमा मात्र खरिद गर्न सकिनेछ भने जे थ्री (२०१६) किन्दा भारु १,५०० बराबरको फ्रीचार्ज क्रेडिट अफर उपलब्ध हुनेछ ।

स्रोत   माध्यम

प्रकाशित: १९ चैत्र २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...