Technology Khabar १५ चैत्र २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, १५ चैत । सुबिसु केवलनेट प्रा लि ले काठमाण्डौंको रानीबारीमा आफ्नो दोस्रो आउटलेट सुबिसु स्टेशनको स्थापना गरेको छ ।
कम्पनीले सो स्टेशनबाट रानीबारी तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुलाई सुबिसु रिटेल सेवासँग सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्नेछ र सो सेवाहरुको बिक्री तथा वितरण साथै बिक्रीपछिको पनि प्रदान गर्नेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन साउद सो स्टेशनको उद्घघाटन गरेका थिए ।
यस आउटलेटको स्थापनासँगै कम्पनीको ललितपुरको झम्सीखेलमा पनि स्टेशन संचालनमा रहेको छ ।
सुबिसुले आफ्ना ग्राहकहरुलाई टेलिभिजन र इन्टेरनेट सेवा एउटै तारको माध्यमबाट प्राप्त गर्न सकिने सुविधा प्रदान गर्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यो कम्पनीले केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्ट्रानेट, डाटा सेन्टर सोलुसनलगायतका सेवा प्रदान गर्दछ ।
प्रकाशित: १५ चैत्र २०७२, सोमबार