सिजी आईवेयर बजारमा, नेपाली ब्राण्डको पहिलो स्मार्टवाच, एन्ड्रोयड/आईओएस दुबैमा चल्ने

Technology Khabar १४ चैत्र २०७२, आईतवार

काठमाडौं ।

काठमाडौं, १४ चैत । सिजी मोबाइलले नेपाली बजारमा सिजी आईवेयर (CG iWear) सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो आईवेयर नेपाली ब्राण्डको पहिलो स्मार्टवाच हो ।

कम्पनीले नेपालमा पहिलो वेयरेबल डिभाईस सार्वजनिक गरेको जानकारी दिएको छ । संभवत नेपाली ब्राण्डमा आएको पहिलो वेयरेबल डिभाईस हो ।

सिजीले ल्याएको यो डिभाईस एन्ड्रोयड तथा आईओएस दुबै अपरेटिंग सिस्टममा संचालन हुने कम्पनीले जनाएको छ । सिजीले ल्याएको आईवेयरमा १.४४ इन्चको स्क्रीन राखिएको छ, जसको रिजोल्यूशन १२८x१२८ पिक्सेल रहेको छ ।1

सिजी आईवेयरमा ब्लूटूथ ४.० भर्सन प्रयोग गरिएको छ भने यसमा ३५० एमएएचको ब्याट्री राखिएको छ ।

यो डिभाईस ब्राउन सिल्भर, ब्ल्याक सिल्भर, रेड गोल्ड, ब्ल्याक गोल्ड, ब्ल्याक डार्क ग्रे कलर अप्शनमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।2

‘सिजी आईवेयर युवाहरुलाई लक्षित गरिएको छ, जो तन्दुरुस्त रहन तथा प्रविधिसँग आबद्ध हुन चाहन्छन् भने सामाजिकरुपमा जोडिन चाहन्छन्,’ सिजी मोबाइल्सका लागि बिजनेस हेड रमेश श्रेष्ठले भने, सिजी आईवेयर प्रयोग गर्नाले तपाईँले शारिरिक तन्दुरुस्तीका फीचरहरु जस्तै चाल गणना (step count), निद्राको अनुगमन (sleep monitoring) जस्ता विषय थाहा पाउन सकिन्छ ।’

यो आईवेयरमा एक पटक स्मार्टफोनसँग ब्लूटूथको माध्यमबाट कनेक्ट गरेपछि फोन कल, म्यासेज, इमेलका साथ फेसबुक, ट्विटरलगायतका सामाजिक संजालको बारेमा नोटिफिकेशन प्राप्त गर्न सकिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।1000x1000 new final

यो आईवेयरबाट स्काईपमा कुराकानी गर्न, संगित सुन्न सकिने व्यवस्था रहेको छ भने आईवेयर हराएमा सुरक्षाका लागि एन्टिलस्ट सिस्टम (anti lost system) पनि राखिएको छ ।

कम्पनीले यो डिभाइस ‘स्टे फीट, स्टे नोटिफाईड’ स्लोगनका साथ बजारमा ल्याएको हो ।

कम्पनीले यसमा भएको र्याम र स्टोरेज क्षमताको बारेमा खुलाएको छैन् । तर कम्पनी स्रोतले भने यसमा निकै कम क्षमताको र्याम तथा स्टोरेज रहेको हुँदा त्यो उल्लेख गर्न नचाहेको जानकारी दियो । ‘विशेषगरी यो आईवेयर सिधै फोनमा कनेक्ट गरेर प्रयोग गर्न ल्याईएको हो,’ स्रोतले भन्यो ।

सिजीले ल्याएको यो आईवेयर चारकुने किसिमको छ, जसमा मेटल फ्रेम प्रयोग गरिएको छ । यो स्मार्टवाचमा बेल्टका लागि लेदर बेल्ट प्रयोग गरिएको छ, जुन स्मार्टवाचको कलरसँग मिल्दो रंगमा राखिएको छ ।

सिजी आईवेयरको बजार मूल्य ४ हजार ४ सय ४४ रुपैंया तोकिएको छ ।

प्रकाशित: १४ चैत्र २०७२, आईतवार

तपाइको प्रतिक्रिया