हुवावे र लेनोभोका स्मार्टफोनमा सुरक्षा खतरा, चीनियाँ ब्राण्डका बजेट फोन खरिदमा होसियार

Technology Khabar १४ चैत्र २०७२, आईतवार

काठमाडौं ।

काठमाडौं, १४ चैत । यदि तपाई सस्तो स्मार्टफोन प्रयोग गरिरहनुभएको छ वा सस्तो फोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने सावधान हुनुहोस् । सस्ता स्मार्टफोनमा सुरक्षा खतरा हुने रिपोर्ट सार्वजनिक भएको छ ।

मेकयूजअफ डटकमको रिपोर्टका आधारमा बिबिसीले दिएको जानकारीअनुसार सस्ता चीनियाँ स्मार्टफोनहरुमा सुरक्षा खतरा रहेको औंल्याईएको छ ।

हाल विश्वभर चीनियाँ स्मार्टफोन ब्राण्ड शिओमी हुआवेईलगायतका ब्राण्डले उत्पादन गर्ने सस्ता फोनहरु चर्चामा रहेका छन् । यस्ता फोनहरु सस्ता हुनुका साथै विभिन्न फीचरहरु राखिएको हुँदा ग्राहकहरुले निकै मन पराउने गरेका छन् ।

तर उक्त रिपोर्टकाअनुसार चीनमा निर्मित स्मार्टफोनमा उच्च सुरक्षा खतरा भेटिएको छ । यदि यस्तो किसिमको स्मार्टफोन खन्य कसैले प्रयोग गरेमा प्रयोगकर्ताका लागि निकै खतरनाक हुनेछ ।

चीनियाँ सस्ता स्मार्टफोनमा धेरैजसो मिडियाटेक सिस्टममा आधारित चिपसेट प्रयोग गरिएका हुन्छन् । ताईवानी कम्पनी मिडियाटेकले उत्पादन गर्ने उक्त एमटि ६५८२ (MT6582) नामको चिपसेट अधिकांश सस्ता स्मार्टफोनहरुमा प्रयोग गर्ने गरिन्छ ।

मिडियाटेकले सनै २०१३ मा मात्रै करिब २२ करोड सिस्टम अन अ चिप उत्पादन गरेको थियो । यस्ता चिपसेटहरु चीनियाँ ब्राण्ड हुवावे र लेनोभोका स्मार्टफोनहरुमा अत्यधिक प्रयोग हुने गरेको रिपोर्टमा उल्लेख छ । यस्ता स्मार्टफोनहरुमा आक्रमणकारीले रुट गर्ने बाटोको अनुमति पाउने र त्यसले तपाईँको पूरै जानकारीहरु हासिल गर्न सक्दछ ।

मिडियाटेकको एमटि ६५८२ (Mediatek MT6582) हुवावे (Huawei) र लेनोभो (Lenovo) का अधिकांश लो-इन्ड अर्थात बजेट स्मार्टफोनहरुमा प्रयोग हुने गरेको छ । जुन सुरक्षाको दृष्टिबाट निकै खतरनाक हो ।

कसरी खतरा छ ?

मिडिया टेक एमटि ६५८२ चिपसेटमा एक डिबग सेटिंग रहेको छ, जसले विभिन्न कम्पनीहरुमा काम गर्न परिक्षणका लागि बनाईएको हो । उत्पादकका अनुसार यो चीनमा ‘टेलिकम्यूनिकेसन्स् इन्टरओपरेबिलिटी’ परिक्षणका लागि प्रयोग गरिन्छ । तर यहि डिबग सेटिंग तपाईँको स्मार्टफोनको सुरक्षा खतराको कारक भएको छ । यदि कुनै आक्रमणकारी वा ह्याकरले यो डिबगको सेटिंगसम्म पहुँच पुर्यायो भने तपाईँको स्मार्टफोनको रुट एक्सेससम्म पुग्न सक्दछ, जसले गर्दा ह्याकरले तपाईँको फोनलाई पूर्ण नियन्त्रण गर्न र सबै जानकारीहरु हासिल गर्न सक्दछ ।

विशेष गरि यस्तो खतराको समस्या हुवावे र लेनोभोका स्मार्टफोनहरुमा हुने संभावना अधिक रहेको छ । तर उनीहरुको यो विषयमा केहि दोष भने छैन् ।

तस्विरः गूगलबाट
तस्विरः गूगलबाट

यो सेटिंगबाट ह्याकरले तपाईँको महत्वपूर्ण सिस्टम फाइलहरुलाई परिवर्तन गर्न वा डिलिट गर्न सक्नेछन भने तपाईको स्मार्टफोनको क्रियाकलाप हेर्न सक्नेछन् । यस्ता मालवेयरको बारेमा तपाईँलाई भने कुनै जानकारी हुनेछैन् । यदि ह्याकरले चाहेको खण्डमा तपाईँको फोनलाई पुरै ध्वस्त पारेर प्रयोग गर्न नसक्ने बनाउन सक्नेछन् ।

दर्ताका अनुसार यस्तो सुरक्षा खतराको अधिक संभावना विशेषगरी एन्ड्रोयडको ४.४ किटक्याट भर्सनमा आधारित ती स्मार्टफोनहरुमा रहेको रिपोर्टमा उल्लेख छ ।

यस्तो अधिक खतरा यसअघि लिनक्स केर्नलको ३.८ भर्सनमा भएको खतरा जस्तै हो, जुन अनुसन्धानकर्ताहरुले यहि जनवरीमा पत्ता लगाएका थिए ।

हुवावे र लेनोभोको फोनहरुमा यस्तो अधिक समस्या रहेपनि उनीहरुलाई दोष दिन मिल्दैन् । तरपनि यी कम्पनीमध्ये लेनोभोका अन्य उत्पादनहरुमा पनि सुरक्षा खतरा यसअघि पनि रहेको रिपोर्टमा उल्लेख छ ।

सन् २०१४ मा लेनोभोले सुपरफीसको सहयोगमा सबै प्रयोगकर्ताको एसएसएल बिगारेको थियो, यसले गर्दा प्रयोगकर्ताहरुले ल्यापटपमा अनरिमूभेवल, बायोस वेस्ट मालवेयरको सामना गरेका थिए ।

लेनोभोले आफ्ना उच्च तहका थिंक प्याड तथा थिंक सेन्टर डेस्कटपमा पनि विभिन्न अनावश्यक कार्यक्रमहरु राखेका थिए ।Lenovo

तर यो पटक यी स्मार्टफोन निर्माता कम्पनीभन्दा पनि मिडियाटेकमा भएको डिबगलाई मूख्य दोष दिनुपर्दछ ।

के तपाईँको फोनमा खतरा छ ?

तपाईँ पनि लेनोभो र हुवावेका बजेट स्मार्टफोन प्रयोग गरिरहनुभएको छ ? यदि छ भने तपाईँले आफ्नो स्मार्टफोनको सुरक्षाको बारेमा आफैंले पनि थाहा पाउन सक्नुहुनेछ ।

यस्तो सुरक्षा खतरा विशेषगरि सन् २०१५ भन्दा अघि सार्वजनिक गरिएका फोनहरुमा मात्र पत्ता लागेको छ । त्यस्तै यसमध्ये पनि एन्ड्रोयडको ४.४ किटक्याट भर्सनमा संचालित हुने फोनमा मात्र समस्या आएको हो ।

तर सबैभन्दा ठिक भनेको तपाईँको आफ्नो फोनको जाँच नै हो ।

पहिलो कुरा डिभाईसको बारेमा तपाईँले जीएसएम एरेनामा गएर हेर्न सक्नुहुनेछ । त्यहाँ विश्वभरका अधिकांश फोनहरुको बारेमा विभिन्न जानकारी राखिएका हुन्छन् ।

त्यसपछि आफ्नो फोनमा कुन भर्सनको अपरेटिंग सिस्टम प्रयोग भईरहेको छ हेर्नुपर्दछ । यसको लागि तपाईँ फोनमा भएको सेटिंगमा त्यहाँ तल पुछारमा रहेको अबाउट फोनमा ट्याप गरेर हेर्न सक्नुहुनेछ । यस्तो सेटिंग फोनअनुसार केहि फरक पनि हुनसक्दछ ।Settings

उदाहरणकाे लागी नेपाली बजारमा हुवावेले निकै बिक्री गरेको हुवावे अनर होली (Huawei Honor Holly) स्मार्टफोन हाे । यो फोनमा मिडियाटेक एमटी६५८२ चीपसेट राखिएको छ भने एन्ड्रोयडको ४.४‍.२ किटक्याट भर्सनको अपरेटिंग सिस्टम रहेको छ । त्यस्तै यो फोन सन् २०१४ अक्टोबरमा सार्बजनिक गरिएको थियो । जुन फोन रिपोर्टअनुसार सुरक्षा खतरामा रहेको छ ।

हुवावेको अनर होलीको तस्विरः गूगलबाट
हुवावेको अनर होलीको तस्विरः गूगलबाट

फोन असुरक्षित भए के गर्ने ?

यदि तपाईँको फोन उल्लेखित चिपसेट र अपरेटिंग सिस्टममा आधारित छ भने तपाईँले या त बेलाबेलामा सुरक्षाको बारेमा फोनको प्राविधिकलाई परिक्षण गराईरहनु पर्ने हुन्छ  वा अर्को फोन खरिद गर्ने विकल्पको बारेमा सोच्नुपर्ने हुन्छ ।

यदि नयाँ फोन किन्न सक्नुहुन्न भने पहिलो चरणमा तपाईँले सामान्य सुरक्षा सावधानी अपनाउनुपर्ने हुन्छ । यसमा थाहा नभएका र आधिकारिक रुपमा जानकारी नभएका एप्स डाउनलोड गर्न हुँदैन् । गूगल प्ले स्टोर (google play store) जस्ता आधिकारिक प्ले स्टोरबाट एप्स डाउनलोड गर्नु सुरक्षित हुन्छ ।

अब के तपाईँको फोन सुरक्षित छ वा छैन् त्यसको जानकारी कमेन्टबाट गर्न सक्नुहुनेछ ।

माध्यम  स्रोत

प्रकाशित: १४ चैत्र २०७२, आईतवार

तपाइको प्रतिक्रिया