एप्पलको आईफोन एसई सार्वजनिक, ४ इन्चको आकर्षक फोनको मूल्य ३९९ डलर मात्र

Technology Khabar ९ चैत्र २०७२, मंगलवार

काठमाडौं ।

काठमाडौं, ९ चैत । एप्पलले आफ्नो ४ इन्चको नयाँ स्मार्टफोन आईफोन एसई सार्वजनिक गरेको छ । कम्पनीले कुपर्टिनोमा अवस्थित कम्पनीले आइतवार नयाँ आईफोन एसई तथा आईप्याड एकै पटक सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको यो आईफोन यसअघिको आईफोन ५ तथा ५ एसको अपग्रेडड भर्सन हो । यो नयाँ आईफोन पनि आईफोन ५ तथा ५ एस जस्तै देखिएपनि यसमा भएका फीचरहरु भने निकै आकर्षक रहेका छन् ।

आईफोन एसईमा एप्पलले पछिल्लो पुस्ताको १.८५ गीगाहर्जको ड्यूल कोर ए ९ चीप प्रयोग गरेको छ । जसमा पावर भिआर जीटी७६०० सिक्स कोर ग्राफिक्स तथा एम नाइन मोसन को प्रोसेसर राखिएको छ ।

यो आईफोन एप्पलले ल्याउने परम्परागत ४ इन्चको डिस्प्लेसहितको छ, जसको रिजोल्यूशन ११३६x६४० पिक्सेल छ । आईफोन एसईमा रेटिना फ्ल्याश राखिएको छ, जसले सेल्फी लिने समयमा यसको स्क्रीनलाई ३ गुणा चमकदार बनाउँछ ।iPhoneSE-4Color_01

यसमा आईफोनको सामान्य भर्सनको आईफोनमा भएको जस्तै थ्रीडी टच फीचर भने राखिएको छैन् ।

आईफोन एसईको क्यामरा भने आईफोन सिक्स एस र सिक्स एस प्लसमा भएको गुणस्तर र क्षमताको जस्तै प्रयोग गरिएको छ । यसमा १२ मेगापिक्सेलको आईसाइट रियर क्यामरा छ, जसले फोर के भिडियो खिच्न सक्दछ । तर यसको फ्रन्ट फेसिंग क्यामरा भने १.२ मेगापिक्सेलको मात्र छ, जुन यसअघि आईफोन ५ एसमा राखिएको थियो । एसईले आईफोन सिक्स एसको जस्तै लाइभ फोटोपनि सपोर्ट गर्दछ ।

एप्पलको नयाँ बजेट फोनको रुपमा आएको आईफोन एसईले एप्पल पे सपोर्ट गर्दछ । त्यस्तै यसमा टच आईडि फिंगरप्रिन्ट सेन्सर राखिएपनि आईफोन सिक्स एसको जस्तो द्रूत किसिमको भने छैन् ।

आईफोन हेर्दा यसअघिको आईफोन ५ एसजस्तै देखिन्छ तर यसको एजमा भने केहि परिवर्तन भएको छ । त्यस्तै यसको तौल पनि आईफोन ५ एसको जस्तेै ११३ ग्रामको रहेको छ ।

आईफोन एसईमा फास्टर कनेक्टिभिटी राखिएको छ, जसले १९ एलटिई ब्याण्ड सपोर्ट गर्दछ । त्यस्तै यसमा फास्टर वाईफाई तथा वाईफाई कलिंग सपोर्ट पनि रहेको छ ।

‘आईफोन एसई उत्साहपूर्ण नयाँ सोच हो जसलाई हामीले निरन्तरता दिएका छौं, यसको आईकोनिक डिजाइन तथा पून आविस्कार गरेका छौं । यसको परिणाम स्वरुप विश्वमा चार इन्चको स्क्रीनसहितको निकै आकर्षक र शक्तिशाली फोन आएको छ ।’ कम्पनीका वल्र्डवाइड मार्केटिंगका सिनियर भ्वाइस प्रेसिडेन्ट फिलिप स्रिलरले भने ।

नयाँ आईफोनमा एप्पलको सिक्स सिरिजमा भएको ‘हे सिरि’ फिचरलाई पनि समावेश गरिएको छ । यो फोनमा कम्पनीले आफ्नै अपरेटिंग सिस्टम आईओएस ९ प्रयोग गरेको छ । यसमा नाइट सिफ्ट फीचर पनि राखिएको छ, जसले प्रयोगकर्ताको फोनको घडि तथा जियोलोकेशनको आधारमा फोन डिस्प्लेको कलर स्वचालितरुपमा समायोजन गर्दछ ।

एप्पलले ल्याएको नयाँ आईफोनको मूल्य झनै आकर्षक रहेको छ । सायद यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसको सस्तो मूल्य नै हो । एप्पलले आईफोन एसई १६ जीबीको मूल्य ३९९ अमेरिकी डलर अर्थात करिब ४२ हजार ७ सय रुपै‌याँ तोकेको छ भने ६४ जीबीको मूल्य ४९९ तोकेको छ ।

आईफोन एसई अमेरिकी बजारमा १७ अमेरिकी डलर प्रति महिनाको इन्स्टलमेन्टमा २ वर्षको कन्ट्रयाक्टमा उपलब्ध हुनेछ । यो फोन बजारमा स्पेश ग्रे, सिल्भर, गोल्ड एण्ड रोज गोल्ड कलरमा उपलब्ध हुनेछ भने सबै कलरको मूल्य एउटै रहेकोछ ।

कम्पनीले पहिलो चरणमा मार्च २४ देखि अमेरिका, अस्ट्रेलिया, बेलायत, हंगकंग, चीन, जापान, सिंगापुरलगायतका १३ मुलुकमा प्रि अर्डर गर्न सकिने र मार्च ३१ तारिखदेखि उपलब्ध हुने जानकारी दिएको छ ।

त्यस्तै बहराईन, डेनमार्क, फिनल्याण्ड, भारत, कुवेत, माल्दिभ्स, रसिया स्पेन, स्विडेन, यूएईलगायतका मुलुकहमा भने अप्रिल महिनाको पहिलो सातादेखि मात्र उपलब्ध हुने उल्लेख गरेको छ । नेपालमा यो फोन आधिकारीकरुपमा कहिले अाउँछ भन्ने जानकारी छैन् तर यहाँ आईफोन एसई किन्न अप्रिलको अन्तिम साता कुर्नुपर्ने हुनसक्दछ ।

माध्यम १ माध्यम २  स्रोत

प्रकाशित: ९ चैत्र २०७२, मंगलवार

तपाइको प्रतिक्रिया