Technology Khabar ५ चैत्र २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ५ चैत । जियोनिले आफ्नो इलाइफ एस सिरिजको सबैभन्दा नयाँ मोडेल एस सिक्स (S6) नेपालमा ल्याएको छ । नेपालमा अत्यधिक रुचाइएको एस सेवेन पश्चात एस सिरिजको यो नयाँ मोडेल अब नेपाली बजारमा उपलब्ध छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा मिस नेपाल अर्थ दिव्यता वैद्य र मिस नेपाल इन्टरनेशनल मेधा कोइरालाले नेपालमा एस सिक्स सार्वजनिक गरेका थिए ।

एस सिक्समा ६.९ मिलिमिटर पातलो चम्किलो मेटल फ्रेम भएको पूर्ण मेटालिक डिजाइन रहेको छ । एस सिक्समा कोर्निंग गोरिल्ला ग्लासद्धारा सुरक्षित ५.५ इन्चको ७२० पिक्सेलको सुपर एमोलेड (Super AMOLED) स्क्रिन रहेको छ ।
एस प्लसमा जस्तै एस सिक्समा पनि १.३ गिगाहर्जको ६४ बिट अक्टा-कोर प्रोसेसर रहेको छ । एस सिक्समा ३ जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जियोनीको यो फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । यो डुअल सिम सपोर्ट गर्ने फोन एन्ड्रोइड ५.१ मा आधारित छ भने कम्पनीको आफ्नै अमिगो ३.१ यूआई राखिएको छ ।
ब्याट्री ३,१५० एमएएच क्षमताको छ । एस प्लस र एस सिक्समा चार्ज र कनेक्टिभिटीका लागि युएसबी टाईप सी प्रयोग गरिएको छ । यसबाट चार्जिङ पनि छिटो हुने गर्दछ र डाटा पनि छिटो ट्रान्सफर हुन्छ ।
एस सिक्स कालो, सिल्भर र रोज गोल्ड कलरमा रु. २९,९९९ मा उपलब्ध छ ।
प्रकाशित: ५ चैत्र २०७२, शुक्रबार