Technology Khabar २४ फाल्गुन २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, २४ फागुन । लाभाले बजेट श्रेणीको नयाँ स्मार्टफोन लाभा आइरिस फ्यूल एफ २ (Lava Iris Fuel F2) भारतमा सार्वजनिक गरेको छ ।
लाभाको यो इन्ट्रि लेभलको स्मार्टफोन हो जुन एन्ड्रोयडमा आधारित रहेको छ । लाभाको नयाँ स्मार्टफोन यसअघि बजारमा आएको फ्यूल एफ वानको सक्सेसरको रुपमा आएको हो । तर पनि यो लाभा फ्यूल एफ वान (Lava Fuel F1) भन्दा कम शक्तिशाली डिभाइस हो ।
लाभाको आईरिस फ्यूल एफ टू मा ५ इन्चको डब्लूभिजीए डिस्प्ले रहेकोछ । यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड-कोर कोर्टेक्स ए सेभेन (Cortex A7) प्रोसेसर राखिएको छ भने यसमा ५१२ एमबीको र्याम रहेको छ।
लाभाको इन्ट्रि लेभलको स्मार्टफोनमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा एलईडी फ्ल्याश छ भने सेल्फीका लागि ०.३ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
तर यो स्मार्टफोनमा अधिक क्षमताको ब्याट्री राखिएको छ जसको क्षमता ३,००० एमएएच रहेको छ ।
लाभा आईरिस फ्यूल एफ २ स्मार्टफोनमा दुई सिम प्रयोग गर्न सकिन्छ भने यसमा थ्रीजी सपोर्ट रहेको छ । यो फोन एन्ड्रोइड ललीपप ५.१ भर्सनमा आधारित रहेको छ ।
यो स्मार्टफोनमा ८ जीबीको इन्टरनल स्टोरेज ८ जीबीको राखिएको छ जसलाई माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म बढाउन सकिन्छ ।
यो स्मार्टफोन भारतीय बजारमा ईबे इन्डियाको वेबसाइटमा कालो र सेतो कलरमा उपलब्ध रहेको छ । यसको बजार मूल्य ४,४४४ भारु अर्थात ६६ अमेरिकी डलर तोकिएको छ ।
प्रकाशित: २४ फाल्गुन २०७२, सोमबार