नेपाल उद्योग परिसंघको अध्यक्षमा हरिभक्त शर्मा चयन, उपाध्यक्ष एवं सदस्य निर्विरोध निर्वाचित

  • Technology Khabar | २३ फाल्गुन २०७२, आईतवार
नेपाल उद्योग परिसंघको अध्यक्षमा हरिभक्त शर्मा चयन, उपाध्यक्ष एवं सदस्य निर्विरोध निर्वाचित

काठमाडौं ।

काठमाडौं, २३ फागुन । नेपाल उद्योग परिसंघको १३ औं वार्षिक साधारण सभाबाट हरिभक्त शर्माको अध्यक्षतामा २८ सदस्यिय राष्ट्रिय परिषदको चयन गरेको छ ।

यहि फागुन २० गते सम्पन्न भएको साधारण सभाले विभिन्न प्रस्तावहरु परित गर्दै आगामी ३ वर्षको लागि अध्यक्ष, उपाध्यक्ष एवं राष्ट्रिय परिषदका सदस्यहरुको निर्वाचन समेत सम्पन्न गरेको हो । परिसंघको विधान अनुसार परिसंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।

निर्विरोध रुपमा निर्वाचित उपाध्यक्षहरुमा अनुज अग्रवाल, सतिष मोर, विष्णुकुमार अग्रवाल, निर्वाण चौधरी तथा कृष्णप्रसाद अधिकारी रहेका छन् । यसैगरि राष्ट्रिय परिषद सदस्यहरुमा संस्थापक तर्फबाट राहुल कुमार अग्रवाल, सुरेशलाल श्रेष्ठ, राजेश कुमार अग्रवाल, रमेश गुप्ता, शुलभ अग्रवाल, अमित कुमार वेगानी, दिलीप अग्रवाल, सन्दीप कुमार शारदा, कमल जैन र वरुण तोदी निर्वाचित भएका छन् भने संस्थागत सदस्यहरु मध्येबाट आनन्द सुवेदी, अनलराज भट्टराई, गुरुप्रसाद न्यौपाने, मनोज केडिया, गुण चन्द्र विष्ट, विरेन्द्र राज पाण्डे, राजबहादुर शाह, संजिव रिजाल, आशा राणा अधिकारी, अमिर प्रताप राणा, वर्षा श्रेष्ठ छन् र संस्थागत सदस्यहरुका तर्फमा चितवन उद्योग संघको तर्फबाट कृष्ण प्रसाद अधिकारी, नेपाल निर्यात परिषदको तर्फबाट नरेश दास तथा नेपाली युवा निर्माण व्यवसायी समुदायको तर्फबाट निकोलस पाण्डे निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना गरे ।

सो अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले १३ औं साधारण सभाबाट बनेको नयाँ कार्य समितिलाई बधाई दिदै करिव डेढ दशक अगाडी परिकल्पना गरि स्थापना गरिएको नेपाल उद्योग परिसंघको आगामी दिनहरुमा यो कार्य समितिले मुलुकको तिब्रतर आर्थिक एवं औद्योगिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखे ।

प्रकाशित: २३ फाल्गुन २०७२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...