Technology Khabar १३ फाल्गुन २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, १३ फागुन । एप्पलको पर्सनल एसिस्टेन्स ‘सिरि’ (Siri) कम्पनीका अन्य डिभाइसहरुमा कहिले आउँछ भनेर प्रतिक्षामा रहेका ग्राहकहरु लाई एप्पलले खुशी तुल्याउने भएको छ । कम्पनीले छिटै म्याक अपरेटिंग सिस्टमका लागि सिरि सार्वजनिक गर्ने भएको नाइन टू फाइभ म्याकले उल्लेख गरेको छ ।
एप्पलले म्याक अपरेटिंग सिस्टम एक्सका (Mac OS X) लागि सिरि उपलब्ध गराउने भएको छ । कम्पनीले यस अघि नै आउन लागेको म्याक ओएस एक्स १०.१२ भर्सनमा सिरि उपलब्ध गराउने योजना सार्वजनिक गरिसकेको छ । सिरि यहि समरमा वल्र्ड वाइड डेभलपर्स कन्फ्रेन्स ( डब्लूडब्लूडिसी) मा सार्वजनिक गर्ने अनुमान गरिएको छ भने फल सिजनमा प्रयोगकर्ताका लागि उपलब्ध हुन सक्नेछ ।
म्याक ओएस एक्स भर्सनका लागि सिरिको निर्माण सन् २०१२ मा नै परिक्षण गरिसकेपनि यो वर्ष जब एप्पलले सिरि सार्वजनिक गर्नेछ, त्यसपछि मात्र यूजर एक्सपेरियन्सले थप उपलब्धी हासिल गर्नेछ । सिरि पहिलो पटक आईफोनमा राखिएको थियो भने एप्पल वाच तथा एप्पल टिभीमा सार्वजनिक भईसकेको छ ।
पर्सनल एसिस्टेन्स सिरि म्याकका लागि मेनू बारको भित्र हुनेछ, जुन दायाँ कुनाको माथिल्लो भागमा रहनेछ । त्यहाँ भएको सिरि आईकनले भ्वाइस कन्ट्रोल फीचर (Voice Control Feature) एक्टिभेट गर्नेछ । जब प्रयोगकर्ताले यो आइकनमा क्लिक गर्नेछन्, त्यसपछि प्रयोगकर्ताले कालो पारदर्शी इन्टरफेस देख्नेछन् । त्यसैगरी यसलाई स्पीचलाई बुझ्ने रंगिन साउण्ड वेभले पुरा गर्नेछ ।
सिरि म्याकको सिस्टम प्रिफेरेन्समा पनि आउनेछ, जहाँ प्रयोगकर्ताले यसलाई एक्टिभेट गर्न सर्टकर्ट किबोर्ड छनौट गर्न सक्नेछ । यो छनौटपछि म्याक खोल्ने बित्तिकै ‘हे सिरि’ (Hey Siri) कमाण्डले काम गर्न सक्नेछ । यहिले यस्तै किसिमको पर्सनल एसिस्टेन्स कमाण्ड माइक्रोसफ्टको विण्डोज १० भर्सनमा रहेको छ । त्यहाँ ‘हे कोर्टाना‘ भन्ने भ्वाइस कन्ट्रोल फीचर राखिएको छ ।
यसका साथै एप्पलले म्याक ओएस एक्स १०.१२ भर्सनमा विभिन्न थप फीचरहरु रहनेछन्, जुन अहिले जानकारीमा आएका छैनन् ।
प्रकाशित: १३ फाल्गुन २०७२, बिहीबार