जियोनिले एम फाइभ लाइट फोन नेपालमा भित्र्यायो

Technology Khabar २९ माघ २०७२, शुक्रबार

काठमाडौं ।

काठमाडौं, २९ माघ । जियोनिले ठूलो ब्याट्री रहने म्याराथन सिरिजको सबै भन्दा नयाँ फोन, एम फाइभ लाइट नेपालमा ल्याएको छ । एम फाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५इन्चको एच डि स्क्रिन रहेको छ । फोनमा ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । फोनमा १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसर छ ।

फोनमा ४००० एम ए एच को ब्याट्री छ, जुन साधारण फोन ब्याट्री भन्दा दुई गुना बढी क्षमताको भएको कम्पनीको दाबी छ । यसमा ३ जीबीको र्याम र ३२ जीबीको इन्टरनल स्टोरेज रहेको छ भने कार्डबाट १२८ जीबीसम्म थप्न सकिने छ ।

फोनमा एन्ड्रोइड ५.१ मा आधारित जियोनिको आफ्नै सफ्टवेयर अमिगो ३.१ छ । एम फाइभ लाइटले एकै समयमा रिभर्स ओ टि जी प्रविधि मार्फत दुई अन्य फोन चार्ज गर्न सक्दछ । एम फाइभ लाइट “श्याम्पेन गोल्डेन” रंगमा उपलब्ध छ ।

यो स्मार्टफोन रु. १९,९९९ मा बजारमा खरिद गर्न सकिने कम्पनीले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ ।

साथै जियोनिले एम फाइभ लाइटमा सिल्भर क्वाइन अफर पनि सञ्चालन गरिरहेको छ जसअन्तर्गत ग्राहकहरुले माघ २८ गते देखि फागुन ५ गतेसम्म एम फाइभ लाइट फोनको खरिदमा एउटा आकर्षक चाँदीको सिक्का निस्शुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: २९ माघ २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया