Technology Khabar २१ माघ २०७२, बिहीबार
काठमाडौं ।
हेटौंडा, २१ माघ । हेटौंडाका निर्माणकर्मीलाई अर्घाखाँची ओ.पि.सी. सिमेन्टले गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन निर्माणको प्रशिक्षण दिएको छ । अर्घाखाँची सिमेन्ट प्रा.लि.ले हेटौंडाका ५० जना भवन निर्माणकर्मीलाई सिमेन्टको गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन कसरी बनाउन सकिन्छ भनेर प्रशिक्षण दिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका मार्केटिङ् म्यानेजर रमेश थापाले मुलुकमा निर्मित ठूला आयोजनामा अर्घाखाँची ओ.पि.सी. सिमेन्ट प्रयोग भएको बताए । सिमेन्ट अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको नेपालकै एक गुणस्तरीय ओ.पि.सी. सिमेन्ट रहेको थापाले जानकारी दिए ।
सिमेन्ट उत्पादन विधि र गुणस्तरीयताको विषयमा उद्योगका इन्जिनियर विकास भट्टराईले प्रशिक्षण दिएका थिए ।
भैरहवामा रहेको उद्योगले दैनिक १२ सय मेट्रिक टन (२४ हजार बोरा) प्रतिदिन सिमेन्ट उत्पादन गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित: २१ माघ २०७२, बिहीबार