माइक्रोसफ्टले स्विफ्टकी एप किन्ने सम्झौता, २५० मिलियन अमेरिकी डलरको डिल

Technology Khabar २० माघ २०७२, बुधबार

माइक्रोसफ्टले स्विफ्टकी एप किन्ने सम्झौता, २५० मिलियन अमेरिकी डलरको डिल
तस्विरः गूगल

काठमाडौं ।

काठमाडौं, २० माघ । माइक्रोसफ्टसँग अहिले नै निकै आकर्षक मोबाइल किबोर्ड (mobile keyboard) रहेको छ, तर कम्पनीले अर्को किबोर्ड एप पनि खरिद गर्ने तयारी गरेको छ ।

माइक्रोसफ्टले (Microsoft) मोबाइल किबोर्ड निर्माता कम्पनी स्विफ्टकी (SwiftKey) लाई खरिद गर्ने सम्झौता गरेको छ । कम्पनीले स्विफ्टकीलाई करिब २ सय ५० मिलियन अमेरिकी डलरमा खरिद गर्न लागेको फाइनान्सियल टाइम्सको रिपोर्टमा उल्लेख छ ।

यो डिलका लागी दुबै कम्पनीहरु अहिले निकै नजिकबाट सहकार्य गरिरहेका छन्, जुन डिलको बारेमा यहि साताको अन्त्यसम्ममा आधिकारीकरुपमा घोषणा गरिने स्रोतले जानकारी दिएको छ ।

तस्विरः गूगल
तस्विरः गूगल

स्विफ्टकी निकै लोकप्रिय किबोर्ड एप हो जुन हाल एन्ड्रोयड (android) तथा एप्पलको आईओएस (iOS) दुबैका लागि उपलब्ध रहेको छ । यो एप अहिलेसम्म करिब ३ सय मिलियड डिभाइसहरुमा इन्स्टल भईसकेको छ ।

स्विफ्टकी किबोर्ड एप पहिलो पटक सन् २०१० मा एन्ड्रोयड फोनका लागि सार्वजनिक गरिएको थियो भने सन् २०१४ मा आईओएसका लागि सार्वजनिक गरियो । शुरुवाती चरण अधिकांश एपहरुको शुल्क तिर्नुपर्ने जस्तै यो पनि भुक्तानी गर्नुपर्ने एप भएपनि केहि वर्ष पहिलेदेखि स्विफ्टकी निशुल्क भयो, तर त्यसपछि यसले इन एप पर्चेज (in-app purchase) शुरु गर्यो ।

माइक्रोसफ्टसँग पहिले देखि नै किबोर्ड एप रहेकोछ, डब्ड वर्ड फ्लो (Dobbed Word Flow), जुन किबोर्ड यदपि विण्डोज डिभाइसहरुका लागि मात्र प्रयोग हुँदै आएको छ । तर पनि कम्पनीले अर्को नयाँ किबोर्ड एप खरिद गर्नुको अर्थ के हो भनेर अझै बुझिएको छैन् ।

तर रिपोर्टअनुसार वासिंगटनमा आधारित कम्पनीले बेलायतमा आधारीत एक फर्मको आर्टिफीशियल इन्टेलिजेन्स टेक्नोलोजीमा आँखा लगाएको छ, जुन त्यसको किबोर्डमा प्रयोग हुन्छ । यो प्रविधि माइक्रोसफ्टले अन्य कयौं उत्पादनहरुमा प्रयोग गर्न सक्नेछ, जसमा मोबाइल किबोर्ड प्रयोग गर्न सकिनेछ ।

प्रकाशित: २० माघ २०७२, बुधबार

तपाइको प्रतिक्रिया