
काठमाडौं ।
काठमाडौं, १८ माघ । पानासोनिक मोबाइल फोनको नेपालका लागि आधिकारिक विक्रेता तथा वितरक एलाइड ट्रेड लिंक इन्टरनेशनलले नयाँ स्मार्टफोन पानासोनिक इलुगा स्विच (Panasonic Eluga Switch) नेपाली बजारमा भित्र्याएको छ।
यो फोनको मुख्य विशेषतामा यसमा रहेको ‘रिभर्सिबल स्मार्टफोन’ प्रविधि हो। यो प्रविधिको सहयोगले फोनलाई कुनै पनि कोणबाट प्रयोग गर्न सकिन्छ । फोन सिधा, उल्टा वा साइडबाट हेर्न र प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
पानासोनिक इलुगा स्विचमा ५.५ इन्चको डिस्प्ले दिइएको छ । १.५ गिगाहर्ज अक्टा-कोर स्न्यापड्र्यागन प्रोसेसर रहेको यस फोनमा २ जीबी र्यारम र ३२ जीबी इन्टरनल स्टोरेज छ।
यो स्मार्टफोनमा र पछाडि १३ मेगापीक्सेलको रियर क्यामरा तथा ८ मेगापीक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ। फोर जी कनेक्सन सपोर्ट गर्ने यो फोनमा पावरका निम्ति २,९१० एमएएचको ब्याट्री राखिएको छ।
यो स्मार्टफोन एन्ड्रोयडको कुन भर्सनमा आधारित छ भन्ने कम्पनीले खुलाएको छैन् ।
पानासोनिक इलुगा स्विचको बजार मूल्य २९ हजार ९ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: १८ माघ २०७२, सोमबार