Technology Khabar १५ माघ २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १५ माघ । नेपालका लागि एलजी ब्राण्डको आधिकारी बितरक सिजी इलेक्ट्रोनिक्सले सिभिल मलमा नयाँ शोरुम संचालनमा ल्याएको छ । एलजीको रिटेल स्ट्याडण्र्डलाई पुन परिभाषित गर्दै एलजीको लाइफ स्टाईल शोरुम संचालनमा आएको हो ।
नयाँ शोरुम एलजी इलेक्ट्रोनिक्स ईंक सिंगापुरका प्रबन्ध निर्देशक यून चूल पार्क तथा चौधरी समूहका प्रबन्ध निर्देशक निर्भाणा चौधरीले एक कार्यक्रमका बिच उदघाटन गरे ।
शोरुम उदघाटन गर्दै प्रबन्ध निर्देशक पार्कले नेपालमा नयाँ शोरुम शुरु भएकोमा खुशी व्यक्त गर्दै छिटै एलजीले नयाँ मोडलका स्मार्टफोनहरु ल्याउने जानकारी दिए ।
नयाँ शोरुममा एलजीका होम इन्टरटेनमेन्ट, होम एप्लाएन्सेज, मोबाइल ह्याण्डसेटलगायतका इलेक्ट्रोनिक्स सामाग्रीहरु राखिएका छन् ।
यसअघि पनि एलजीका विशेष शोरुमहरु कान्तिपथ, जाउलाखेलमा संचालनमा आईसकेका छन् ।
नयाँ शोरुम संचालनको अवसर पारेर एलजीका कुनैपनी सामान खरिदमा विशेष प्रबद्र्धनात्मक स्कीम लागू गरेको छ । यो स्कीम शोरुम संचालनमा आएको १५ दिनसम्म लागू हुने कम्पनीले उल्लेख गरेको छ ।
प्रकाशित: १५ माघ २०७२, शुक्रबार