जियोनिले ल्यायो पी फाइभ डब्लु स्मार्टफोन, एचडी डिस्प्ले र २ जीबी र्याम

Technology Khabar १२ माघ २०७२, मंगलवार

काठमाडौं ।

काठमाडौं, १२ माघ । जियोनिले नेपालमा जियोनि पी फाइभ डब्लु (Gionee P5W) स्मार्टफोन ल्याएको छ । पी फाइभ डब्लु स्मार्टफोनमा ५इन्चको एचडी डिस्प्ले राखिएको छ ।

यो स्मार्टफोनमा १६ जीबीको आन्तरिक र २ जीबी र्याम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा १ जीबी र्याममा उपलब्ध पी फाइभ डब्लु नेपाली बजारमा भने २ जीबी र्याम भएको मोडेलमा उपलब्ध हुनेछ ।

दुईवटा सिम प्रयोग गर्न सकिने फोनमा १.३ गिगाहर्जको क्वाड-कोर प्रोसेसर छ ।

एन्ड्रोइड ५.१ मा आधारित जियोनिको आफ्नै सफ्टवेयर अमिगो ३.१ (Amigo 3.1) रहेको रहेको यो फोनमा युएसबि ओटिजी सपोर्ट पनि रहेको कम्पनीले जनाएको छ ।

यो मोडेलको फोन कालो, निलो, गोल्ड, रोज र सेतो ५ भिन्दाभिन्दै आकर्षक रंगहरुमा उपलब्ध छ । बजेट फोनको रुपमा आएको जियोनीको पी फाइभ डब्लुको मूल्य नेपाली बजारमा ११,९९९ रुपैंया तोकिएको छ ।

साथै जियोनिले आफ्नो फेसबुक पेज, जियोनि नेपालमा कलर योर लाइफ प्रतियोगिता पनि सञ्चालन गरिरहेको छ । यस प्रतियोगितामार्फत सहभागीहरुले आफूलाई मनपर्ने रंग पी फाइभ डब्लुको भिडियोमा कमेन्ट गरेर र सो भिडियो फेसबुकमा शेयर गरेर माघ ८ गते देखि ७ दिन अर्थात माघ १४ गतेसम्म ७ ओटा पी फाइभ डब्लु स्मार्टफोन जित्न सक्नेछन् ।

जियोनिले हालै मात्र आफ्नो फेसबुक पेजमा गेस एण्ड विन प्रतियोगिता पनि सफलतापूर्वक समापन गरेको थियो । यस प्रतियोगिता अन्तर्गत पी फाइभ डब्लुको सहि मूल्य अनुमान गर्ने  सहभागीहरु मध्येबाट माघ ६ गतेसम्म हरेक दिन एक–एकजना गरी जम्मा दश जनाले पी फाइभ डब्लु जितेका थिए । सो प्रतियोगीतामा जियोनिले कुल १६ हजारभन्दा बढी अनुमान प्राप्त ग¥यो जसमध्ये २ हजार भन्दा बढि सहि अनुमान रहेको कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १२ माघ २०७२, मंगलवार

तपाइको प्रतिक्रिया