Technology Khabar ११ माघ २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, ११ माघ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले सूचना प्रविधि प्रोजेक्ट म्यानेजमेन्ट ट्रेनिङ्ग शुरु गरेको छ ।
क्यान महासंघ र दि ओभरसिज ह्यूमान रिसोर्सेज एण्ड इन्डस्ट्रि डेभलपमेन्ट एसोशिएसन (एचआइडिए), जापानको संयुक्त आयोजनामा तालिमको सुरुवात भएको हो ।
एचआइडिएको सहकार्यमा क्यान महासंघले नेपालमा रहेका सफ्टवेयर कम्पनीहरुको जनशक्तिको क्षमता अभिवृद्धि र सफ्टवेयर कम्पनीहरुको स्तर उन्नतिको लागि यो सहकार्यको सुरुवात गरिएको हो । एचआइडिएका विज्ञहरुले नेपालका मुख्य कम्पनीहरुमा ३८ दिन सम्म अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
सूचना प्रविधि विभागका महानिर्देशक बिरेन्द्र कुमार मिश्र नेपाल एओटिएसका अध्यक्ष बिनोद राज भण्डारी, जापानीज विज्ञ इचिकावा कोजी र तोसीयुकी कातोको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको मुख्य उदेश्य नेपालका सफ्टवेर कम्पनीहरुमा आउटसोर्स व्यवसायलाई प्रबर्धन गराउनु रहेको क्यान महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ११ माघ २०७२, सोमबार