Technology Khabar ६ माघ २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, ६ माघ । एप्पलले आईओएस नयाँ भर्सनको ९.२ अपरेटिंग सिस्टमको अपडेट भर्सन जारी गरेको छ । कम्पनीले मंगलवारदेखि नयाँ अपडेट आईओएस ९.२.१ (iOS 9.2.1) उपलब्ध भएको जानकारी गराएको छ ।
आईओएस को अपडेटेड भर्सन ९.२.१ कम्पनीको आईफोनहरु, आईप्याड, तथा आईपड टच यूनिटको लागि जारी गरिएको हो । यो अपडेटेड भर्सन कम्पनीले नयाँ आईओएस ९.२ जारी गरेपछिको सबैभन्दा पहिलो अपडेट हो ।
आईओएस ९.२.१ को बेटा भर्सन सबै प्रकारका एप्पलको डिभाइसका लागि जारी गरिएको हो, जुन गत महिना मात्र परिक्षणको लागि उपलब्ध गराईएको थियो । यो नयाँ अपडेटका साथ मोबाइल ओएसका लागि कयौं सेक्यूरिटी प्याच उपलब्ध गराईएको कम्पनीले दाबी गरेको छ ।

नयाँ अपडेट पहिलो भर्सनको ओएसको कमजोरीलाई समाधान गर्न सहयोग गर्नेछ, जसमा एक रिमोट कोड एक्जिक्यूशन रहेको छ । यहि कोडको आधारमा आक्रमणकारी अर्थात ह्याकरले आईओएस वेस्ड डिभाइसलाई निशाना बनाउन सक्ने थिए ।
यो नयाँ अपडेटमा कुनै विशेष किसिमको फीचर भने राखिएको छैन् । यो केबल बग फीक्स, परफरमेन्समा सुधार तथा विश्वसनियतालाई बढावा गर्न मात्र केन्द्रित रहेको छ । यसले केहि एप्सको इन्टलेशनमा रहेको समस्या तथा एमडिएम सर्भरमा रहेको समस्यालाई मात्र समाधान गरेको छ ।
तर कम्पनीलको आईफोन सिक्स एस तथा सिक्स एस प्लसको ब्याट्री ड्रेन बग (Battery Drain Bug) अर्थात ब्याट्री इन्डिकेटर बगको समस्या समाधान गर्दछ वा गर्दैन भन्ने कुनै जानकारी अपडेटमा छैन् । केहि दिन अघि मात्र यो ब्याट्री ड्रेन बगको बारेमा जानकारी आएको थियो ।
कम्पनीले अपडेट जारी गरेपछि सपोर्ट पेजमा यो नयाँ भर्सनमा समाधान गरिएका बग्सको बारेमा जानकारी दिएको छ । यो नयाँ अपडेटलाई सेटिग्समा गएर सफ्टवेयर अपडेट अप्सनद्धारा डाउनलोड गर्न सकिन्छ ।
यसका साथै कम्पनीले आईओएस ९.३ बेटा भर्सन पनि जारी गरेको छ, जो एप्पलको बेटा परिक्षण कार्यक्रमका हिस्साको रुपमा रहेका थिए उनीहरुले यो प्रयोग गर्न पाउनेछन् ।
प्रकाशित: ६ माघ २०७२, बुधबार