
काठमाडौं ।
काठमाडौं, २९ पुस । भर्खरै अमेरिकामा सम्पन्न भएको कन्ज्यूमर इलेक्ट्रोनिक्स शोमा अचम्म खालका प्रविधि र सामाग्रीहरुको पनि प्रदर्शन गरिएको थियो । यसैमध्ये सबैको ध्यान आकर्षित गरिरहेको थियो स्मार्ट ट्वाइलेटले ।
इन्टेलीजेन्ट ट्वाइलेटको नाम दिईएको यो ट्वाइलेटको नजिक कुनै व्यक्ति गएमा यो आफसे आफ खुल्दछ र हरेक पटक फ्लशका साथै आफैं सफा हुन्छ ।
कम्पनीले ट्वाइलेट प्रयोगकर्तालाई तातो पानीले अटोमेटिक सफा गर्ने दाबी गरेको छ । त्यसैगरी यो ट्वाइलेटले बस्ने सिट पनि तातो पार्दछ । जापानीज कम्पनीले यो स्मार्ट ट्वाइलेटको नाम नियोरेस्ट ७५०एच राखेको छ ।
कम्पनीको यो अटोमेटिक ट्वाइलेटको पुराना मोडलहरु चार करोड भन्दा बढि यूनिट बिक्री गरिसकेको छ । कम्पनीले यो स्मार्ट ट्वाइलेटको मूल्य ९,८०० अमेरिकी डलर अर्थात करिब दश लाख रुपैंया हाराहारीमा पर्दछ ।
बाथरुमसँग सम्बन्धित सेनेटरी सामाग्री बनाउने कम्पनी टोटोले यो इन्टेलिजेन्स ट्वाइलेटलाई थप विकसित गरिरहेको छ ।
कम्पनीका प्रवक्ताका अनुसार यो ट्वाइलेट इलेक्ट्रोलाइज्ड पानीको स्प्रेद्धारा आफैंलाई सफा गर्दछ, जसले ब्याक्टेरिया समाप्त हुनेछ । यसका साथै यो ट्वाइलेटको सतहमा कुनै पनि विषय टासिँदैन् ।
तर यस्ता स्मार्ट ट्वाइलेट खरिदकर्ताले भने यसको बाहिरी भागको सफाई भने आफैं गर्नुपर्ने हुन्छ ।
प्रकाशित: २९ पुष २०७२, बुधबार