
काठमाडौं ।
काठमाडौं, २६ पुस । रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर र सनराईज बैकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापछि विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा सनराईज बैकका नेपालभर रहेका ५३ शाखाहरू र १ वटा एक्सटेन्सन काउन्टर बाट समेत भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।
सम्झौता पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सनराईज बैंकका तर्फबाट सहायक महाप्रबन्धक रविन कुमार नेपालले हस्ताक्षर गरे ।
९ वर्ष अघिदेखि विदेशबाट रेमिट्यान्स भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानबाट आफ्नै कार्यालयमार्फत तथा अमेरिका, साउदी अरब, कतार, मलेसिया, यूएई, बेलायत, जोर्डन लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
पछिल्ला दिनमा सञ्जाल विस्तारलाई तीब्रता दिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ ।
यो सम्झौतासँगै मुलुकभरबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका करिब ४ हजार भन्दा बढी आधिकारिक स्थानीय ठाउँहरूबाट पनि सेवा लिन सकिने भएको कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २६ पुष २०७२, आईतवार