२१ करोड रुपैंया मूल्यपर्ने ड्रोन यस्तो छ, मानिसले पनि यात्रा गर्न सक्ने

Technology Khabar २४ पुष २०७२, शुक्रबार

काठमाडौं ।

काठमाडौं, २४ पुस । अमेरिकामा चलिरहेको सिईएस २०१६ मा विभिन्न किसिमका इलेक्ट्रोनिक्स तथा अत्याधुनिक प्रविधिसहितका उपकरणहरु प्रदर्शनमा राखिएका छन् । यस्तै प्रविधि र उपकरणहरुमध्ये पछिल्लो समय सबैभन्दा चर्चित रहेको ड्रोन (Drone) पनि प्रदर्शनमा राखिएका छन् ।

एक्स्पोमा राखिएका अधिकांश ड्रोनहरु मध्ये सबैको एक समानता रहेको थियो । त्यो हो ड्रोनमा मानिसले चढेर यात्रा गर्न सक्दैन् । तर यसमध्येको एक्स्पोमा भएको एउटा ड्रोन भने केहि फरक किसिमको थियो । ehang-184-aav-passenger-drone-02

एहांगको एएएभी अर्थात अटोनोमस एरियल भेहिकलले (Autonomous Ariel Vehicle) भने एक जना यात्रुलाई उडाउने किसिमले डिजाइन गरिएको छ, जसले यात्रु लिएर एक ठाउँबाट अर्को ठाउँमा उडान गर्न सक्दछ ।

अहिले विश्व बजारमा उपलब्ध रहेको ड्रोनहरुको मूल्य केहि हजार रुपैंया पर्दछ । जुन नेपालमा पनि विदेशबाट मगाएर केहि मानिसहरुले प्रयोग गरिरहेका छन् । तर यो मानिस राखेर उडान भर्ने ड्रोनको मूल्य भने निकै महंगो रहेको छ ।

हो यसको मूल्य अनुमान गर्ने भन्दा पनि निकै बढि तोकिने यसका निर्माताले जानकारी दिए । एहांगको १८४ एएभी (Ehang 184 AAV) ड्रोनको मूल्य न्यूनतम २ लाख डलर पर्ने जानकारी दिए । उनले भने यसको मूल्य २ लाखदेखि ३ लाख अमेरिकी डलरबिच पर्नेछ । यो ड्रोनको मूल्य नेपालीमा परिवर्तन गर्दा करिब २१ करोड ४० लाख रुपैंया हाराहारी पर्ने देखिन्छ । अहिलेको मूल्यमा हेर्दा यति रुपैंया तिर्ने हो भने तपाईँले अत्याधुनिक हेलिकप्टर नै खरिद गर्न सक्नुहुनेछ ।ehang-184-aav-passenger-drone-04

यति महंगो ड्रोन किन बनाईयो भन्ने जिज्ञासा हुनु स्वभाविक हो । एहांगका प्रमुख कार्यकारी अधिकृत हाउजी हूले नजिक हवाई यात्रा गर्ने व्यक्तिहरुलाई ध्यानमा राखेर यो ड्रोन निर्माण गरेको जानकारी दिएका छन् । हूका दुई पाइलट साथिहरु एक प्लेन दुर्घटनामा मृत्यु भएपछि एक सिटे इलेक्ट्रिक ड्रोन केहि वर्ष अगाडि नै डिजाइन शुरु गरेका थिए ।

उनले छोटो तथा मध्यम दूरीमा हवाई यात्रा गर्ने बेलामा मानिसहरुले आफैले संचालन गर्न सक्ने किसिमको सवारी होस र त्यसको लागि पाईलटको लाइसेन्स आवश्यक नपर्ने किसिमको होस भन्ने निर्णय गरेका थिए । त्यहि आधारमा यो ड्रोन तयार भएको हो ।

यो एक सिटे ड्रोनलाई सामान्यरुपमा चार्ज गर्ने, यात्रा गर्ने स्थान र दूरी निर्धारण गर्ने र यात्रा गर्नको लागि १२ इन्चको ट्याबेलट प्रयोग गरिएको छ । यो ट्याबलेटमा टेक अफ बटनमा थिचेपछि ड्रोनले स्वचालितरुपमा चाहेको स्थानमा पुर्याउँछ ।ehang-184-aav-passenger-drone-05

त्यो ड्रोनमा अटोमेटेड फ्लाईट सिस्टम राखिएको छ जसले एयर ट्राफिक नियन्त्रक तथा अन्य एयरक्राफ्टसँग कुराकानी गर्न सकिन्छ । यसमा भएको फेलसेफ सिस्टमले यसमा हुने मालफंगसन, यात्रुले ड्रोन रोक्न सक्ने तथा ल्याण्ड गर्नसक्ने सुविधा राखिएको छ ।

यो ड्रोनमा कार्बन फाइबर/ईप्रोक्सीको कम्पोजिट बडि रहेको छ भने एरियल एल्मुनियम एलोए फ्रेम, तथा आठ वटा मोटरहरु आठवटा प्रोपलर्समा राखिएका छन् । यी मोटरहरुले १४२ एचपी/१०६ किलोवाट क्षमताका छन् । यी प्रोपहरुलाई चारवटा समूहमा दुई वटाको दरले मिलाईएको छ भने यसको माथि तथा तल्लो भागमा राखिएको छ ।

यसमा १४.४ किलोवाट ब्याट्री प्याक राखिएको छ, जसले चार घण्टाको ट्रीकल मोड तथा दुई घण्टाको फास्ट चार्ज मोडमा राख्न सकिन्छ । यसलाई पुरा चार्ज गरिएमा एक जना यात्रुलाई लिएर २३ मिनेटसम्म समुन्द्री सतहमा उडान गर्न सकिन्छ ।

यो ड्रोनको पुरा तौल २२० किलोग्राम छ भने यसले १२० किलोग्राम बोक्न सक्दछ भने १०० किलोमिटर प्रतिघण्टाको उडान गर्न सक्दछ । त्यसैगरी यो ड्रोनले ३ हजार ४ सय ९९ मिटरको उचाईसम्म उडान गर्न सक्दछ । यसले अन्य आवश्यक सामान्य सामाग्रीहरु तथा डेलिभरी सामाग्री पनि बोक्न सक्दछ ।

१८४ एएभी ड्रोनमा फुल इन्टेरियर एण्ड एक्सटेरियर लाईटिंग छ भने एयर कन्डिसन सिस्टम, फोर जी इन्टरनेट कनेक्सन तथा गुल विंग डोर रहेको छ ।

यो मानिस बोक्ने ड्रोनले विश्वभर छिटै प्रारम्भिक उडान गर्ने हूले जानकारी दिएका छन् । एजेन्सीको सहयोगमा

https://youtu.be/IrPejpbz8RI

प्रकाशित: २४ पुष २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया