सोनीले फोर के टेलिभिजन सार्वजनिक गर्यो, एन्ड्रोयडमा आधारित तीन नयाँ टेलिभिजन

Technology Khabar २२ पुष २०७२, बुधबार

काठमाडौं ।

काठमाण्डौं, २२ पुस । सोनीले अमेरिकामा ६ तारिखदेखि हुने कन्ज्यूमर इलेक्ट्रोनिक्स शो २०१६  कन्फ्रेन्सको अवसर पारेर तीनवटा फोर के टेलिभिजन सार्वजनिक गरेको छ ।

सोनीले फोर के अल्ट्रा एचडी टेलिभिजन सार्वजनिक गरको हो । जसमा एक्सबिआर एक्स ९३०डी, एक्सबिआर एक्स९४०डी तथा एक्सबिआर एक्स८५०डी सार्वननिक गरेको हो ।

यी सबै टेलिभिजनहरु एन्ड्रोयड टिभीहरु हुनभने यी सबै एचडीआर अर्थात हाई डाइनामियक रेन्ज कम्प्याटिबल रहेका छन् ।

सोनीले ल्याएका यी टिभीमध्ये एक्सबिआर एक्स ९४० डी ७५ इन्चको मोडलमा मात्र उपलब्ध हुनेछ भने एक्स८५०डी सिरिजको टिभी ५५,६५, ७५ र ८५ इन्च मोडलमा सार्वजनिक गरेको छ । त्यसैगरी अर्को एक्स ९३०डी मोडल भने ५५ इन्च तथा ६५ इन्चमा उपलब्ध हुनेछ भने यसमा सोनीको न्यू स्लीम ब्याकलाईट ड्राइभ टेक्नोलोजी प्रयोग गरिएको छ ।

सबै टेलिभिजनमा ट्राइल्यूमिनोस डिस्प्ले फीचर रहेको छ भने सोनीको फोर के प्रोसेसर एक्स वान प्रयोग गरिएको छ । यसले कलर, कन्ट्रास, क्लारिटिलाई अझ बढाउने कम्पनीको दाबी छ ।

सोनीको यो टेलिभिजनले गूगल कास्ट सपोर्ट गर्दछ भने यसले प्रयोगकर्ताको कम्प्यूटर तथा स्मार्टफोन, ट्याबलेटलाई पनि नियन्त्रण गर्न सक्ने सुविधा राखिएको छ ।

सोनीले यी टेलिभिजनहरुको मूल्यको बारेमा कुनै जानकारी दिएको छैन भने नया टेलिभिजन लाइन अप सन् २०१६ को शुरुवातमा उपलब्ध हुने मात्र बताएको छ ।

सोनीले टेलिभिजनका साथै नयाँ एप डब्ड अल्ट्रा पनि सार्वजनिक गरेको छ । यो एपले प्रयोगकर्तालाई सोनीको फोर के एचडीआर टेलिभिजनकामा फोर के एचडीआर मूभी तथा टेलिभिजन शो खरीद गर्न तथा स्ट्रीम गर्न सहयोग पुर्याउँछ । यो एप पनि अमेरिकामा यहि वर्षभित्र उपलब्ध हुने बताईएको छ ।

प्रकाशित: २२ पुष २०७२, बुधबार

तपाइको प्रतिक्रिया