सोनीको एक्सपेरिया जेड सिक्स मार्चमा, चारवटा संस्करण साथै जेड सिक्स लाइट पनि

Technology Khabar १९ पुष २०७२, आईतवार

काठमाडौं ।

काठमाण्डौं, १९ पुस । सोनीले तीन महिना पहिले एक्सपेरिया जेड ५ (Xperia Z5) सार्वजनिक गरेको थियो भने अहिले फेरी नयाँ स्मार्टफोनको काम शुरु गरिरहेको छ । सोनीले एक्सपेरिया जेड ५ को फ्ल्यागशिप एक्सपेरिया जेड सिक्समा (Xperia Z6)  काम शुरु गरिरहेको छ ।sony-xperia-z6

कम्पनीले यो स्मार्टफोन विभिन्न ४ स्क्रीन साइजमा बजारमा ल्याउन सक्ने बताईएको छ । त्यसैगरी चीनबाट आएको रिपोर्टहरुकाअनुसार सोनीले यसको थप नयाँ संस्करण एक्सपेरिया जेड सिक्स लाइट (Xperia Z6 Lite) पनि सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

चीनिया वेबसाइट मोबाइल ड्याडका (Mobile-dad)अनुसार एक्सपेरिया जेड सिक्स लाइट फोनमा ५ इन्चको डिस्प्ले राखिनेछ भने यसको रियर प्यानल मेटलद्धारा बनेको छ ।

यो फोनमा हेक्सा कोर क्वालकम स्न्यापड्यागन ६५० चीपसेट हुनसक्ने अनुमान गरिएको छ । यो फोन यहि मे महिनामा सार्वजनिक हुने संभावना रहेको छ भने यसको बजार मूल्य करिब ३८५ अमेरिकी डलर हुनसक्नेछ ।MobilesKhabar_02

अर्कोतर्फ यसअघि आएका रिपोर्टहरुलाई आधार मान्दा एक्सपेरिया जेड सिक्स स्मार्टफोन ४ इन्चदेखि ६.४ इन्चसम्मको स्क्रीन साइजमा उपलब्ध हुनेछ । कम्पनीले यी साइजबाहेक कम्प्याक्ट भर्सनमा पनि काम गरिरहेको छ । एक अनुमानअनुसार सोनी जेड सिक्स ४.६ इन्चको एक कम्प्याक्ट भेरियन्ट तथा ४ इन्चको जेड सिक्स मिनी भेरियन्ट पनि ल्याउनसक्नेछ ।

सोनीको जेड सिक्सको चार भेरियन्टहरुमा क्वालकम स्न्यापड्यागन ८२० चीपसेट तथा ४ इन्चको जेड सिक्स मिनीमा स्न्यापड्यागन ६२० चीपसेट हुनसक्नेछ ।

प्रकाशित: १९ पुष २०७२, आईतवार

तपाइको प्रतिक्रिया