माइक्रोम्याक्सको क्यानभास निट्रो थ्री नेपाली बजारमा, स्मार्टफोन खरिदमा १६ जीबीको कार्ड

Technology Khabar १५ पुष २०७२, बुधबार

काठमाडौं ।

काठमाडौँ १५ पुस । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन भित्र्याएको छ । कम्पनीले ई सिरिजको इ ३५२ क्यानभास निट्रो थ्री (Canvas Nitro 3) स्मार्टफोन बजारमा ल्याएको हो ।

माइक्रोम्याक्स क्यानभास निट्रो थ्रीमा ५ इन्चको आइपीएस एलसीडि डिस्प्ले राखिएको छ, जसको पिक्सेल रिजोल्यूशन ७२०X१२८० रहेको छ ।
यो स्मार्टफोनमा १३ मेगापिक्सेलको एलईडी फ्ल्याशसहितको अटोफोकस रियर क्यामरा राखिएको छ भने ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । फ्रन्ट क्यामराका लागि पनि फ्ल्यास राखिएको छ ।

क्यानभास निट्रो थ्री मा १.४ गीगाहर्जको अक्टा कोर मिडिया टेक एमटि ६५९२ प्रोसेसर राखिएको छ । माइक्रोम्याक्सको क्यानभास निट्रो थ्री फोनमा २ जीबीको र्याम राखिएको छ भने १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो फोन एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित रहेको छ भने २५०० एमएएचको ब्याट्री रहेको कम्पनीले जनाएको छ ।

दुई सिम प्रयोग गर्न सकिने यो फोनमा कनेक्टिभीटिका लागि थ्रीजी, वाई-फाई, जीपीएस, एफएम, माइक्रो यूएसबी, ब्लूटूथ अप्शन प्रयोग गर्न सकिन्छ ।

कम्पनीले स्थानिय बजारमा यो फोनको खरिदमा १६ जीबीको मेमोरी कार्ड निशुल्क दिने छ भने माइक्रोम्याक्सको क्यानभास निट्रो थ्रीको बजार मूल्य १५ हजार ८ सय ४० रुपैंया तोकेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १५ पुष २०७२, बुधबार

तपाइको प्रतिक्रिया