
काठमाडौं ।
काठमाडौं, २ पुस । काठमाण्डौ फाइनान्सले आफ्ना शेयर धनिहरुलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ । हालै सम्पन्न २१ औं वार्षिक साधारण सभाले आ.व.२०७१/७२ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागी ०.३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारीत गर्नुका साथै गोर्खा डेभलपमेन्ट बैंक (नेपाल) लि. लाई काठमाण्डौ फाइनान्समा मर्ज गर्ने प्रस्तावलाई पनि पारित गरेको विज्ञप्तिमा जनाइएको छ ।
व्यवसायको विस्तारको क्रममा निक्षेप तथा कर्जा दुबै तर्फ अघिल्लो वर्षको तुलनामा २ गुणा भन्दा बढिको बृद्धि हासील गरी २०७२ आषाढ मसान्तमा निक्षेप रु.१ अरब २४ करोड र कर्जा रु.१ अरब २ करोड पुर्याउन सफल रहनुका साथै निस्कृय कर्जाको अनुपातलाई ०.७६५ मा राख्न संस्था सफल रहेको छ ।
काठमाण्डौ फाइनान्सले निक्षेपतर्फ अघिल्लो वर्षको तुलनामा १२१.३१ ५ को बृद्घि गरी २०७२ असाढ मसान्तमा रु.१ अरब २४ करोड ४२ लाख पुर्याउनुका साथै कर्जा तर्फ पनि अघिल्लो वर्षको तुलनामा १२६.२० ५ को बृद्घि गरी २०७२ असाढ मसान्तमा रु.१ अरब २ करोड ४६ लाख पुर्याएको छ ।
फाइनान्सको हालको चुक्ता पूंजी रु.१८ करोड ३८ लाख रहेको र पूंजी बृद्घिका लागी फाइनान्सले १ कित्ता बराबर १ कित्ताको दरले हकप्रद शेयर जारी गरी गोर्खा डेभलपमेन्ट बैंक संग मर्ज गर्ने प्रक्रिया अगाडी बढाएको छ ।
फाइनान्सले निकट भविष्यमा काठमाण्डौ लगायत काठमाण्डौ उपत्यका बाहिर गरी ३ वटा शाखा विस्तारको तयारीमा रहेको छ । फाइनान्सले आफ्ना ग्राहकहरु सुविधालाई ध्यानमा राखि एटिएम तथा मोबाइल बैंकिङ्ग सेवा सुरु गरेको छ र निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग सेवा दिने जानकारी पनि विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित: २ पुष २०७२, बिहीबार