Technology Khabar २९ मंसिर २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, २९ मंसिर । आइबलले(i-Ball) आफ्नो एण्डी सिरिजको नयाँ स्मार्टफोन आफ्नो अफिशियल साइटमा लिस्टेड गरेको छ । कम्पनीले वेबर(Andi Weber) नामक नयाँ स्मार्टफोन लिस्टेड गरेको हो ।
आईबलको वेबर स्मार्टफोनमा ५.५ इन्चको आईपीएस एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ ।
यो फोनमा १.३ गीगाहर्जको क्वाड-कोर प्रोसर राखिएको छ भने १ जीबीको र्याम रहेको छ । त्यसैगरी फोनमा ८ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई माइक्रो एसडीद्धारा ३२ जीबीसम्म बढाउन सकिन्छ ।
यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ भर्सनको अपरेटिंग सिस्टममा आधारित रहेको छ ।
आईबलको नयाँ स्मार्टफोनमा एलईडी फ्ल्याशसहितको ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएकोछ । यसमा सीन डिटेक्सन, प्यानोरामा, जिओ ट्यागिंग, बस्र्ट शट, स्माइल शट तथा एचडीआर लगायतका क्यामरा फीचर्स रहेको छ ।
कनेक्टिभिटीका लागि फोनमा थ्रीजी, जीपीआरएस, वाईफाई, माइक्रो यूएसबी, ब्लूटूथलगायतका अप्शन रहेको छ । यो हेडसेटमा २२०० एमएएचको ब्याट्री राखिएको छ ।
कम्पनीले यो स्मार्टफोन लिस्टेड गरेपनि यसको मूल्य र बजारमा कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी दिएको छैन् । तर भारतमा लिस्टेड गरिएको यो स्मार्टफोन स्थानिय बजारमा भने ६,२९९ भारुमा बिक्री भईरहेको छ । यसको मूल्य भने ७,४९९ रहेको छ ।
प्रकाशित: २९ मंसिर २०७२, मंगलवार