
काठमाडौं ।
काठमाडौं, २४ मंसिर । सबैभन्दा बढि क्षमताको मोबाइल फोनको बारेमा कुरा गर्दा हामी सबैको ध्यानमा हाल ५,००० देखि ६,००० एमएएच क्षमतासम्मको फोनको बारेमा स्मरण हुन्छ । तर यो भन्दा पनि उच्च क्षमताको ब्याट्री भएको मोबाइल फोन बजारमा आएको छ ।
हालै चीनियाँ स्मार्टफोन कम्पनी ओकिटेलले (Oukitel) १०,००० एमएएच क्षमताको ओकिटेल के१०,००० (Oukitel K10000) स्मार्टफोन सार्वजनिक भएको छ । यसअघि पनि ओकिटेलले रिभर्स चार्जिंग भएको ६,००० एमएएचको क्षमतासहितको स्मार्टफोन ल्याईसकेको छ । 
कम्पनीले १०,००० एमएएच ब्याट्री क्षमताको नयाँ स्मार्टफोन हाल अमेरिकामा मात्र प्री बुकिंग गरिरहेको छ । यो स्मार्टफोन हालसम्म विश्वको सबैभन्दा धेरै ब्याट्री क्षमता भएको स्मार्टफोन हो ।
कम्पनीले यो स्मार्टफोनमा पनि रिभर्स चार्जिंग (Reverse Charge) फीचर राखिएको छ जसले दोस्रो मोबाइल पनि चार्ज गर्न सकिन्छ । कम्पनीले यो स्मार्टफोन चार्ज गरेर तीनवटा आईफोन सिक्स एस प्लस फूल चार्ज गर्न सकिन्छ । तीन वटा आईफोन सिक्स एस प्लस चार्ज गरिसकेपछि पनि यो स्मार्टफोनमा १० प्रतिशत ब्याट्री बाँकी रहने दाबी गरिएको छ ।
कम्पनीले सार्वजनिक गरेको प्रोमोको आधारमा यो स्मार्टफोनलाई चार्ज गर्न भने कम्तिमा ३ घण्टा ३० मिनेट लाग्नेछ ।
ब्याट्रीबाहेक यो फोनको कुरा गर्दा ओकिटेल के १०००० स्मार्टफोन मध्यम श्रेणीको स्मार्टफोन हो । यो फोनमा मेटल फ्रेम प्रयोग गरिएको छ भने अन्य सामान्य किसिमका स्मार्टफोन भन्दा अस्वाभाविक लाग्दो किसिमको डिजाइन गरिएको छ ।
यो स्मार्टफोनमा ५.५ इन्चको एचडी आईपीएस स्क्रीन राखिएको छ जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ भने एन्ड्रोयडको ललीपप ५.१ भर्सनको अपरेटिंग सिस्टममा संचालन हुन्छ ।
त्यसैगरी यसमा एलईडी फ्ल्याशसहितको ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोटो तथा भिडियोका लागि एचडीआर, फेस ब्यूटी, प्यानोरामा एन्टी शेकलगायतका फीचर्स राखिएको छ ।
फोनमा ६४ बिटको १ गीगाहर्जको क्वाड-कोर मिडिया टेक एमटी ६७५३ कोर्टेक्स ए५३ प्रोसेर राखिएको छ । त्यस्तै यसमा २ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, जसलाई ३२ जीबीसम्म बढाउन सकिन्छ ।
ओकिटेलको नयाँ स्मार्टफोनमा कनेक्टिभिटीका लागि फोरजी एलटीई, ब्लूटूथलगायतका सुविधा रहेका छन् भने दुई सिम प्रयोग गर्न सकिन्छ ।
यो स्मार्टफोनको मूल्य २३९.९९ अमेरिकी डलर तोकिएपनि कम्पनीले हाल १९९.९९ डलरमा प्रि बुकिंग गरिरहेको छ । यो फोन जनवरी २ तारिखदेखि मात्रै गियरबिस्टले ग्राहकसम्म पुर्याउने छ ।
यो पनि हेर्नुहोस्-
शक्तिशाली ब्याट्रीसहितको ओकीटेलको फोन आउँदै, ‘के१००००’ स्मार्टफोनमा १० हजार एमएएच ब्याट्री
प्रकाशित: २४ मंसिर २०७२, बिहीबार