Technology Khabar २२ मंसिर २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, २२ मंसिर । जियोनीले नयाँ बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले पी५डब्लू (P5W) नामक कलरफुल डिजाइनको बजेट स्मार्टफोन सार्वजनिक गरेको छ ।
यो स्मार्टफोनमा ग्लजी पोलीकार्बोनेट बडि रहेको पी५डब्लू पाँच कलरमा उपलब्ध रहेको छ । यो स्मार्टफोन ब्ल्याक, ह्वाइट, एल्लो, ब्लू एण्ड पींक कलर भेरियन्टमा उपलब्ध हुनेछ । त्यसैगरी यसमा बडीको कलर मिलाउने गरी यूजर इन्टरफेसको कलर राखिएको छ ।
पी५ डब्लू स्मार्टफोनमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेकोछ । यो स्मार्टफोनमा मिडियाटेक एमटी६७३५ चीपसेट रहेको छ भने १ जीबी र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।
जियोनीको नयाँ फोनमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । एन्ड्रोयडको ललीपप ५.१ मा आधारित यो स्मार्टफोनमा २,००० एमएएचको ब्याट्री रहेको छ ।
यो फोन कम्पनीले घोषणा गरेपनि हालसम्म यसको मूल्यको बारेमा कुनै जानकारी छैन् ।
प्रकाशित: २२ मंसिर २०७२, मंगलवार