Technology Khabar २१ मंसिर २०७२, सोमबार
काठमाडौं ।
काठमाडौँ, २१ मंसिर । मेगा बैंक नेपालले अछाम जिल्लाको साँफेबगरमा आफ्नो २९ औँ शाखा विस्तार गरेको छ ।
दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा अछामको साँफेबगरमा शाखा विस्तार गरेको हो । साँफेबगरमा निजी क्षत्रको बाणिज्य बैंक खुलेको यो पहिलो हो भने अछाम जिल्लाभरमा निजी क्षेत्रको बाणिज्य बैंकको शाखा विस्तार भएको दोस्रो हो ।
शाखा उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले सक्षम परियोजनासँगको आर्थिक तथा प्राविधिक साझेदारीमा ग्रामीण क्षेत्रमा बैंकहरुको विस्तार भइरहँदा दुर्गम क्षेत्रमा बैंकिङ सुविधा पु¥याउने राष्ट्र बैंकको प्रतिबद्धता पूरा भइरहेको बताए ।
सक्षम एक्सिस टू फाइनान्स कार्यक्रमका टिम लिडर बलजित बोहराले मेगा बैंकसँगको साझेदारीमा नेपालका ग्रामीण क्षेत्रमा शाखा विस्तार तथा शाखारहित ट्याब बैंकिङ सुविधा विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।
मेगा बैंकका डेपुटी सिइओ श्रीचन्द्र भट्टले सम्पूर्ण नेपालीहरुलाई बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुसार सक्षम परियोजनासँगको साझेदारीमा मेगा बैंकले सुदूरपश्चिमका दुर्गम जिल्लामा पनि शाखा तथा शाखारहित सेवा विस्तार गर्न लागेको जानकारी दिए ।
प्रकाशित: २१ मंसिर २०७२, सोमबार