एप्पल आइफोन सेभन सी आगामी सेप्टेम्बरमा, सिक्स सीको साटो सेभेन सी आउँदै

Technology Khabar २० मंसिर २०७२, आईतवार

काठमाडौं ।

काठमाडौं, २० मंसिर । पछिल्लो दिनहरुमा एप्पलको ४ इन्चको स्क्रीन भएको आईफोन सार्वजनिक हुने चर्चाहरु चलिरहेका छन् । एप्पलले आईफोन फाइभ सीको नयाँ संस्करण ल्याउने र त्यसको नाम आईफोन सिक्स सी (iPhone 6C) रहने विभिन्न संचारमाध्यममा समाचार आईरहेको बेलामा थप नयाँ जानकारी आएको छ ।

एप्पलको नयाँ आईफोन सिक्स सीको लाइभ तस्विर सार्वजनिक भएको छ र यस्तो तस्विरमा नयाँ आईफोनको पछाडिको कभरको तस्विर देखिएको छ ।

यसअघि यो स्मार्टफोन आईफोन सिक्स एस र सिक्स एस प्लससँगै लन्च हुने चर्चा गरिएको भएपनि त्यस्तो भएन् । तर अहिले यो फोनको ब्याक कभरको तस्विर सार्वजनिक भएसँगै यो फोन छिटै बजारमा आउने संभावना देखिएको छ ।

सार्वजनिक भएको तस्विरको आधारमा हेर्दा यसअघि चर्चा भएजस्तो आईफोन सिक्स सी आउने नभई कम्पनीले ४ इन्च स्क्रीन भएको आईफोन सेभेन सी (iPhone 7C) ल्याउने तयारी गरिरहेको छ ।

हालै सार्वजनिक भएको सूचना एप्पलको मूख्य उत्पादक कम्पनी फक्सकनको आपूर्तीकर्ताबाट आएको हो । त्यहि आधारमा यो आईफोन सेभेन सी आगामी सेप्टेम्बरसम्म आउन सक्ने अनुमान गरिएको छ । त्यतिबेलासम्म आईफोन सेभेन (iPhone 7) पनि सार्वजनिक गर्ने समय भईसकेको हुनेछ । आईफोन सेभेन सीको मूल्य करिब ४०० देखि ५०० अमेरिकी डलरसम्म पर्ने अनुमान पनि गर्न शुरु गरिसकिएको छ ।

आईफोन सेभेन सीको बारेमा विभिन्न जानकारी र तस्विर सार्वजनिक भएपनि अहिलेसम्म स्पष्ट जानकारीहरु बाहिर आउन सकेका छैनन् । त्यसैले यो सूचना शंकाको घेरामा नै रहेको छ ।

अर्कोतर्फ केहि सूचनाहरुमा भने एप्पलले आईफोन सेभेन लन्च गर्नुभन्दा पहिले नै ४ इन्च स्क्रीनभएको आईफोन सिक्स सी सार्वजनिक गर्ने तयारी गरिरहेको बताईएको छ । एजेन्सीको सहयोगमा

यो पनि हेर्नुहोस्-

आईफोन सेभेनमा ३ जीबीको र्याम र वाटरप्रुफ प्रविधि हुनसक्ने

एप्पलले ४ इन्च स्क्रीन भएको फोन ल्याउने, आईफोन सिक्स सी छिटै आउनसक्ने

प्रकाशित: २० मंसिर २०७२, आईतवार

तपाइको प्रतिक्रिया