
काठमाडौं ।
काठमाडौं, १८ मंसिर । चीनियाँ स्मार्टफोन कम्पनी हुवावेले आफ्नो नयाँ स्मार्टफोन एन्जोय ५ एस (Enjoy 5S) सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो आधिकारीक वेबसाइट भीमलमा (VMALL) लिस्टेड गराएको छ ।
हुवावे एन्जोय फाइभ एस स्मार्टफोनमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ,जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ ।
फोनमा मिडिया टेक एमटी६७५३टी (MediaTek MT6753)चीपसेटका साथमा १.५ गीगाहर्जको अक्टा-कोर प्रोसेसर राखिएको छ । यो फोनमा २ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।
त्यसैगरी फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यो फोन एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित रहेको छ भने यसमा ईएमयूआई ३.१ लाइट(EMUI 3.1 Lite) राखिएको छ ।
हुवावेको एन्जोय फाइभ एस स्मार्टफोन हाइब्रिड सिम स्लटको साथमा आउँछ, जसमा ड्यूल सिम ड्यूल स्ट्याण्डबाई रहेको छ । ७.६ मिलिमीटर मोटाईको यो फोनको तौल १३५ ग्राम रहेको छ भने यसको पछाडिको भागमा फींगरप्रिन्ट सेन्सर(Fingerprint Sensor) फीचर रहेको छ ।
कनेक्टिभिटीका लागि यसमा फोरजी एलटीई, वाईफाई, ब्लूटूथ, माइक्रो यूएसबीलगायतको अप्शन रहेको छ भने यो फोन ह्वाईट, सिल्भर तथा गोल्ड कलरमा उपलब्ध हुनेछ ।
फोनमा २२०० एमएएचको ब्याट्री राखिएको छ, जसले टूजी नेटवर्कमा ४२० मिनेटको टक टाइम तथा २०० घण्टाको स्ट्याण्डबाई टाइम दिने कम्पनीले उल्लेख गरेको छ ।
चीनमा लिस्टेड भएको एन्जोय ५ एस स्मार्टफोनको मूल्य १,१९९ चीनियाँ यूआन अर्थात १८७ अमेरिकी डलर तोकिएको छ । यहि डिसेम्बर १० देखि बिक्री शुरु हुने स्मार्टफोनका लागि अहिले ९९ चीनियाँ यूआनमा बुकिंग गर्न सकिनेछ ।
यो स्मार्टफोन चीनभन्दा बाहिरको बजारमा कहिले आउँछ भन्ने कुनै जानकारी छैन् ।
प्रकाशित: १८ मंसिर २०७२, शुक्रबार