Technology Khabar ९ मंसिर २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, ९ मंसिर । हालै कोरियाबाट सार्वजनिक भएको एक रिपोर्टअनुसार सामसुंगले आईफोनका लागि डिस्प्ले बनाउने भएको छ । रिपोर्टअनुसार सामसुंगले २०१८ आईफोन लाइनअपका लागि ओएलईडी डिस्प्ले (OLED Display) उपलब्ध गराउनेछ ।
सामसुंगले आईफोनका लागि डिस्प्ले उपलब्ध गराएमा कम्पनीको डिस्प्ले डिभिजनको व्यापारमा वृद्धि हुने अनुमान गरिएको छ । यसअघि नै कोरियाली कम्पनी सामसुंगले विभिन्न चीनियाँ कम्पनीहरुलाई डिस्प्ले उपलब्ध गराउने डिल गरिसकेको छ । कम्पनीले हुवावे (Huawei) जस्ता चीनियाँ कम्पनीहरुलाई डिस्प्ले उपलब्ध गराईरहेको छ भने एप्पलसँगको व्यापारका लागि अर्को कोरियाली कम्पनी एलजीसँग प्रतिस्पर्धा गर्नेछ ।
यो सम्झौताका लागि सामसुंग र एप्पलले करार नविकरण गर्नुपर्ने हुन्छ । तर हालसम्म कुनै सम्झौतामा पुग्न सकेको छैन् ।
यसअघि पनि सामसुंग र एप्पलले सँगै काम गरिरहेका छन् । यसअघि सामसुंगले एप्पलको एप्पल वाचका लागि ओएलईडी डिस्प्ले उपलब्ध गराईसकेको छ भने त्यसभन्दा अघि पनि आईप्याड यूनिटका लागि एलसीडी डिस्प्ले (LCD Display) आपूर्ति गरेको थियो ।
कम्पनीहरुका लागि ओएलईडी डिस्प्ले भन्दा एलसीडी डिस्प्ले सस्तो पर्दछ किनकी एलसीडी डिस्प्ले उत्पादन गर्न ओएलईडी भन्दा सस्तो हुन्छ । एजेन्सी
प्रकाशित: ९ मंसिर २०७२, बुधबार